प्रवेश मल्लिकले भने - 'जनकपुरको ढिला सरकार, प्रतिनीधि हरजोतबा र चोरबा ठेकेदार !'
उक्त गीती भिडियो नवरस स्टुडीयो जनकपुरमा निर्माण भएको हो ।

२०७५ असोज १८ बिहीबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडमा समेत आफ्नो सँगीत दिसकेका जनकपुरधामका सँगीतकार प्रवेश मल्लिकलाई नचिन्ने पनि मिथिलामा धेरै कमै होलान् । गायक एवम् सँगीतकार समेत रहेका प्रवेश मल्लिकले हालै 'ई छै जनकपुर' नामक एउटा गीति भिडियो यूटुबमा रिलिज गरेका छन् ।
अनुप जनकपुरको प्रस्तुति र प्रवेश मल्लिककै स्वर एवम् सँगीतमा सजिएको उक्त गीतमा जनकपुरधामको वास्तविकतालाई शब्द गीती मार्फत वर्णन गरिएको छ ।
गीतमा राजा जनकको नगरी, जनकपुरधामको विकास र ठेकेदार, जनप्रतिनीधि, नेता, मन्दिरका महन्थ, लागूऔषध र विद्यार्थी, कलेज, कलाकार, पत्रकार, नागरिक समाज, अस्पताल र चिकित्सकको लापरवाहीहरुलाई शब्द गीत मार्फत समेटिएको छ ।
करिब दुई हप्ता अघि मात्र यूटुबमा रिलिज गरिएको उक्त भिडियो आम जनमानस माझ लोकप्रिय बनेको छ । जनकपुरधामका हाँस्य कलाकारहरु कृष्णा महतो, प्रदिप महतो, रोहित साह, सुनिता पासवान, फूलगेन महतो, आरती , पुष्पा, गोविन्द, कृष्णा लगायतको अभियन रहेको छ । सम्पादन रविन्द्र प्रकाश, कन्सेप्ट, लेखन कृष्ण कुमार महतो, मनिष सानुले क्यामेरा सम्हालेका छन् भने न्यायमिक यादवले सपोर्ट गरेका छन् ।
पूर्णत मनोरञ्जनसँगै जनकपुरको वर्तमान वास्तविकतालाई समेटिएको छ । उक्त गीती भिडियो नवरस स्टुडीयो जनकपुरमा निर्माण भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…