सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका बृद्धको उपचारको क्रममा मृत्यु 

घाईते भएको कवारीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको थियो ।

२०७५ असोज १७ बुधबार
बिहान ०७:४९ बजे
Photo Credit : google


न्यूज ब्यूरो, महोत्तरी ।  महोत्तरीमा सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका एक बृद्धको उपचारको क्रममा मंगलवार मृत्यु भएको छ । 


गत असोज ६ गते जलेश्वर नगरपालिका २ स्थित फुल्हट्टा प्रकौली सडकखण्डमा दुर्घटनामा परेका जलेश्वर ५ का ६५ बर्षिय मलवी कवारीको मृत्यु भएको हो । कवारीको आज जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


 यता प्रहरी नियन्त्रणमा रहेको सवारीचालक शम्भु यादव उपर ज्यान अपराधमा मुद्दा दर्ता अनुसन्धान प्रक्रिया अगाडि बढाईने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले जानकारी दिनुभयो ।गत असोज ६ गते साँझको समयमा वी आर आई पी ८१७२ नम्बरको मोटरसाईकले पैदल यात्री कवारीलाई ठक्कर दिदा उनी घाईते भएका थिए । 

 

घाईते भएको कवारीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ असोज १७ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus