महोत्तरी प्रहरीद्धारा मदिरा चोरी गर्ने दुई चोर पक्राउ 

२०७५ असोज १२ शुक्रबार
दिउसो १२:०४ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी प्रहरीले महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरा चोरी गर्ने दुई चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वार्ड नं —१ सिङ्गयाही बस्ने बर्ष २० का रामजी मण्डल र सोही ठेगाना र उमेरका राजकुमार मण्डल रहेका छन् । 

 

उनीहरुले मंगलबार राती बलवा नगरपालिका —११भगवतपुर बजारमा गोपाल मिश्रले सञ्चालन गरेको मदिरा पसलबाट पसल बन्द रहेको अवस्थामा पछाडिको बेरा भत्काएर विभिन्न ब्राण्डका रक्सी र नगद  ५हजार गरी जम्मा ४९हजार ५सय मूल्य बराबर सामान र नगद  चोरी गरेको महोत्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताए । 

 

चोरीमा संल्घन दुवै जनालाई महोत्तरी प्रहरीले बुधबार बिशेष सुराकीको आधारमा उनीहरुको साथबाट स्ट्रोगं बियर ५ बोतल, टुबोर्ग बियर ५ बोतल, रुशलान भोड्का ७ सय ५० एमएल को १ बोतल, डाइलेक्स डीसी लेखेको सय एम।एल को २ बोतल, लागु औषध नाइट्रोभेट ट्याबलेट २५ पिस सहित बरामद गरी बिहिबार  जिल्ला अदालत महोत्तरीबाट अनुसंधानको लागि हिरासतमा राखी ७ दिनको म्याद    थप गरी अनुसंधान भैरहेको बताइएको छ ।   

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ असोज १२ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus