धनुषामा युवा सञ्जाल गठन, पत्रकारदेखि राजनीतिकर्मीसम्म भए आबद्ध

देशको विभिन्न जिल्लामा गठन गरिसकेको युवा सञ्जाल मार्फत विभिन्न मुद्दाहरुलाई सम्बन्धित व्यक्तिहरुसँग छलफलको मार्फत सहजता प्रदान गर्ने |

२०७५ असोज ९ मंगलबार
दिउसो ३:०४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । वर्तमान परिवेशमा समाजका भित्री मुद्दाहरुलाई संवादको मार्फत बाहिर ल्याउने उदेश्यले धनुषा युवा सञ्जाल गठन गरिएको छ । 

 

जनकपुरधाममा मँगलबार एक कार्यत्रमबीच १५ सदस्यीय युवा सञ्जाल गठन गरिएको हो । देशको वर्तमान स्थिती, सभ्या, कुरिती, कुप्रथाप्रति समाजमा युवाहरुको चासो र सँलग्नता गराउने उदेश्यका साथ युवा सञ्जाल गठन गरिएको छ । 

 

देशको विभिन्न जिल्लामा गठन गरिसकेको युवा सञ्जाल मार्फत विभिन्न मुद्दाहरुलाई सम्बन्धित व्यक्तिहरुसँग छलफलको मार्फत सहजता प्रदान गर्ने उदेश्य रहेको बताइएको छ । 

 

युवा सञ्जालमा संघीय प्रेस फोरमबाट सुरेश यादव, राजपा नेपालको भातृ सँगठनबाट सुनिल कुमार श्रेष्ठ सानु , नेपाल विद्यार्थी संघ धनुषाबाट शिवशंकर गोईत साधु, इन्सेक धनुषाबाट विनोद कुमार महरा, संघीय समाजवादी फोरम नेपालबाट जर्नादन भण्डारी, जिल्ला युवा सञ्जाल धनुषाबाट धीरज साह(पहिलेदेखि), न्यूज ब्यूरोबाट काशिन्द्र कुमार शर्मा , राजपाबाट सरोज कुमार साह, प्रेम कुमार साह, संघीय समाजवादीबाटै पूजन मौवार लगायतका रहेका छन् ।

 

सञ्जाल गठनपछि विभिन्न समाजिक मुद्दालाई उठान गरी बहस र संवादको मार्फतले समाधान गर्ने प्रयास गरिने सहजकर्ता सुभिन्द्र बोगटीले जनाए । जिल्ला युवा सञ्जाल गठनपछि प्रत्येक महिना बैठक बसी विभिन्न सरोकारबाला निकायका व्यक्ति, पदाधिकारीहरुई सहभागी गराइने जनाइएको छ ।

 

युवा सञ्जाल गठनपछि समाजमा रहेको विद्यमान विकृत, समस्या र मुद्दाहरुलाई केन्द्रस्तरसम्म संवादको मार्फतले मुद्दाबारे सुनावाई गराउन पहलको भूमिका निर्वाह हुने जनाइएको छ । 

कार्यक्रममा एनपीआई नेपालका तुलसी नेपाल र लेनिन विष्टले समेत सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 

  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ असोज ९ मंगलबार

Bureau Menus