जिल्ला ट्राफिक महोत्तरीद्वारा २ महिनामै ३० लाख राजश्व संकलन

गत आब २०७४÷०७५ को पुर्णअवधीमा कार्यालयले एककरोड ६० लाख राजश्व संंकलन गरेको थियो ।

२०७५ असोज ७ आइतबार
बेलुकी ७:४३ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २
Pic source: Google

न्यूज ब्यूरो, महोत्तरी । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले चालु आर्थिक बर्षको दुई महिनामै झण्डै ३० लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को बितेको साउन र भदौ महिनामा चारहजार ४ सय सवारी साधनलाई कार्वाही गरेर कार्यालयले २९ लाख ९८ हजार ५०० राजश्व संकलन गरेको हो । 

 

गतबर्षको यसै अवधीमा (२०७४ को साउन, भदौ) कार्यालयले दुईहजार ७४४ सवारी साधनलाई कार्वाही गरेर १६ लाख १६ लाख ९० हजारमात्र राजश्व सङ्कलन गरेको थियो । गत बर्षको यो अवधीमा १० वटा सवारी दुर्घटना भएको थियो भने, चालु आबमा दुर्घटनाको सङ्ख्या एक घटेर नौमात्र भएको छ । दुर्घटना सङ्ख्या घटेपनि यस्ता घटनाका मृतकको सङ्ख्याभने यसपाली छ । पुग्दा गतसाल चारमात्र रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद उप्रेतिले जानकारी दिए ।

 

गत आब २०७४÷०७५ को पुर्णअवधीमा कार्यालयले एककरोड ६० लाख राजश्व सङ्कलन गरेको थियो । बितेको तीन बर्षको घटना हेर्दा असोज र कात्तिक सबैभन्दा बढी राजश्व सङ्कलन र दुर्घटना हुने महिना देखिएका छन् । प्रमुख चार्डपर्व यिनै दुई महिनामा पर्ने र त्यस्ता बेला सवारी यात्रुहरुको आवागमन ह्वात्तै बढ्ने भएकाले दुर्घटना र कार्वाही पनि बढ्ने गरेको प्रनि उप्रेतिको भनाइ छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७५ असोज ७ आइतबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus