धनुषाको कमला नपाका प्रशासकीय अधिकृत र लेखापाल सरुवा गर्न ज्ञापन 

नेपालभरिमै धनुषाको कमला नगरपालिका एक मात्र यस्तो हो जसमा एक पटक पनि नगरसभा भएको छैन ।

२०७५ असोज ६ शनिबार
रति ८:५३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई सरुवा गर्न माग गरिएको छ । नगरपालिकाका ९ वटा वडाध्यक्ष मध्ये ८ वटा वडाध्यक्षहरुले सँयूक्त रुपमा नगरका मेयर राम उदगार गोईत मार्फत उनीहरु दुवै कर्मचारीको सरुवाको लागि ज्ञापन पत्र बुझाएका छन् ।

 


स्थानीय तहको चुनाव पश्चात  नगरपालिका विकास  निर्माण लगायतको अन्य विभिन्न क्रियाकलापहरु सुलभ रुपले सँचालन हुनेपर्ने भन्दै नगर प्रमुखको पूर्वाग्राही मानसिकताको कारण विगत एक वर्ष देखि नगरपालिकाको कार्यालय बन्द राखी जनताको दैनिक सरोकार संग जोडिएको कार्यहरु समेत पुरापूरी बन्द गरिएको खण्डमा  जिल्ला प्रशासन कार्यालय धनुषामा वडा अध्यक्षहरुको टोलीले ज्ञापन पत्र बुझाउँदा दिइएको आदेश समेत नमानेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

 


जिप्रका धनुषाका तत्कालिन एवम् पूर्व प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई र वर्तमान प्रजिअ  गोपाल पराजुली समेतले नगरपालिकाको कार्यालय तुरुन्त खोल्न मौखिक आदेश दिदा समेत हालसम्म प्रमुख प्रशासकीय अधिकृतले कुनै सुनवाई नगरी मनोमानी ढंगले सम्पूर्ण विकासका कार्यहरु स्थगित गरि नगरपालिकालाई नै फेल गराउने नियत देखिएको भन्दै बाध्य भएर ज्ञापन पत्र बुझाइको उल्लेख गरिएको छ । 

 

 

कमला नगरपालिकामा दलिय हिसाबले संघीय समाजवादी फोरम नेपालको बहुमत रहेको छ  । 


शनिबार बुझाइएको ९ बुँदे माग सहितको ज्ञापन पत्रमा स्थानिय तह चुनाव भए पश्चात एक वर्ष देखी बन्द रहेको नगरपालिकाको कार्यालय तुरुन्त खुलाई न.पा. मा दैनिक कार्य संचालन गर्नुपर्ने तथा यस अन्तरगतका सम्पूर्ण वडा कार्यालयहरु लाई व्यवस्थापनको लागी चाहिने अधारभुत सामग्रीहरु उपलवध गराई वडा कार्यालयहरु व्यवस्थीत गनुपर्ने,  आ.व. ०७३/७४ मा ना. पा. कार्यालय व्यवस्थापन गर्नको लागी आएको वजेट र आ.व. ०७४/७५ को नपाको सम्पूर्ण वजेटको सार्वजनिकीकरण गर्नुपर्ने,  नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरु व्यवस्थापनको लागी १ वर्ष अगाडी किनिएको आवश्यक फर्निचर सामग्रीहरु, कम्पुटर, प्रिन्टर, मोटरसाइकल दराज तथा , स्टेशनरी लगायतका सामग्रीहरु अन्यत्र राखेकोले सम्बन्धित कार्यालयहरुमा उपलब्ध गराउनुपर्ने , नगरपालिकाको सम्पुर्ण तहगतमा अविलम्ब कर्मचारी व्यवस्थापन गरी कार्यालय संचालन गनुपर्ने,  सम्पुर्ण स्वास्थ्य चैकीहरुमा औषधीको व्यवस्था गनुपर्ने,  स्थानियतह सँचालन ऐन २०७४ अनुसार नगरपालिकामा विभिन्न विषयगत समितीहरु अभिलम्ब बनाउनुपर्ने, यस न. पा. को वडा नं.५,६,७। ८ र ९ मा अभिलम्ब विद्युतियकरण गर्नुपर्ने,  नगरपालिकाको सम्पर्ण कार्यालयहरुमा नागरीक वडा पत्र र नेमिड बोर्ड अविलम्ब राखनुपर्ने,  प्रमुख प्रशासकिय अधिकृत तथा लेखपालको सरुवा गराउनुपर्ने लगायतका मागहरु रहेको छ ।

 

यसका साथै असोज ९ गते मँगलबारसम्म नगरपालिकाको कार्यालय खोलाई उल्लेखित मागहरु कार्यन्वयन नगरिएको खण्डमा यस विरुद्ध आन्दोलन गर्ने र त्यसबाट हुन जाने क्षतिको जिम्मेवार नगर प्रमुख हुने चेतावनी समेत दिइएको छ । 

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ असोज ६ शनिबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus