महोत्तरी अदालतद्धारा बलात्कार र हत्याका आरोपीलाई सफाई, परवारजन भन्छन् “न्यायालयले थप पीडा दियो”

छोरीको हत्या गर्ने आरोपीलाई अदालतले सफाइ दिएसँगै आफूहरुमा थप पीडा थपिएको बताए ।

२०७५ असोज ६ शनिबार
बिहान ११:५२ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २
Pic source: Google

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सोनामा गाँउपालिका–८ सिंग्हासिनीकी १४ वर्षीया किशोरीको बलात्कार र त्यसपछि भएको हत्याका आरोपीलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत महोत्तरीले साविकको सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्बर ९ का ५८ वर्षीय राम श्रेष्ठ महतो तथा उनका छोरा २८ वर्षीय नवीनकुमार महतोलाई २०७५ असोज १ गते सोमबारको दिन सफाइ दिएको हो ।

 


आरोपितमध्ये रामजीवन राम श्रेष्ठ महतो पुर्पक्षका लागि थुनामा थिए भने अरु आरोपित भने यसअघि नै एक लाख धरौटीमा छुटेका थिए । मुख्य अभियुक्त भनिएका राम जीवन राउत कुर्मीलाई शव भेटिएकै दिन प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।

 


किशोरी २०७२ भदौ १२ गते वेपत्ता भएकोमा त्यसको दुई दिनपछि बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । मृतक किशोरीका बाबु रामएकवाल यादवले छोरीको हत्या गर्ने आरोपीलाई अदालतले सफाइ दिएसँगै आफूहरुमा थप पीडा थपिएको बताए ।

 


अदालतको फैसलाले असन्तुष्ट भएका उनले छोरीको हत्याराले सजाय नपाएसम्म अदालत धाइरहने बताए । बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने आवाज उठिरहेको बेला अभियुक्तले नै यसरी उन्मुक्ति पाएका हुन् ।

 


शव त्यतिबेला इनारमा भेटिएपछि छोरीको बलात्कार र हत्या गरेको किटानीसहित जाहेरी दिएपछि किशोरीका बाबुले प्रहरीमा उजुरी दिएका थिए । प्रहरी हुँदै अदालतसम्म पुगेको सो मुद्दामा सोमबार न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले सबै आरोपीलाई सफाइ दिएको हो । यथेस्ट प्रमाण नपुगेकाले आरोपीलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार महेन्द्र झाले जानकारी दिए ।

 


२०७२ भदौ १२ गते अभियुक्त भनिएकामध्ये रामजीवन राउतले किशोरीको अपहरण गरेको पीडितको दाबी छ । जुनबारे मृतकका बाबु र केही प्रत्यक्षदर्शीले समेत बयान दिएका छन् । हराएको दुई दिनपछि गाउँकै रामजानकी मन्दिर छेउको इनार भित्रको पानीमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको थियो । छोरी रामजीवनसँगै उखुबारीमा गएको देखिएकाले उनैको नेतृत्वमा छोरीको बलात्कार र हत्या भएको पीडित पक्षको दाबी छ ।

 


युवतीको मेडिकल रिपोर्टमा बालिकाको योनी लगायत शरीरका विभिन्न भागमा घाउचोट लागेको पाइएको थियो । तर, अदालतले बलात्कारका मुद्दामा यथेष्ट सबुत प्रमाणको अभाव देखिएको बताउँदै अभियुक्तलाई सफाई दिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७५ असोज ६ शनिबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus

} }