• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:५९ pm

डा. सिके राउत र संघीय सरकारको विशेष कनेक्सन : राजेन्द्र महतो

तर राज्यले बनाइरहेको छैन’, उनले अगाडी थपे, ‘हामी त असफल होउला तर हामीलाई असफल बनाएर राज्यलाई नै असफल बनाइरहेको छ । 

फाईल तस्विर


न्यूज ब्यूरो, धनगढी ।  राजपा अध्यक्ष मण्डलका सदस्य महतोले संघीय सरकार र सीके राउतबीच विशेष कनेक्सन रहेको आरोप लगाएका छन्  । संविधान दिवसको पूर्वसन्ध्यामा कैलाली कारगार गएका महतोका टोलीले संविधानको विरोध कार्यक्रम, राजनीतिक भेटघाटको क्रममा उनले यस्तो आरोप लगाएका छन् ।

 


हामी पहिचानवादी हौ । प्रान्तीय प्रणालीबाट मुलुक समृद्ध बन्छ भन्ने मान्यता राख्छौ । तर हाम्रो एजेण्डालाई असफल पारेपछि कसको एजेण्डा बलियो हुन्छ ? जसले अर्को देश मागिरहेको उसको एजेण्डा नै बलियो हुन्छ नि,’ धनगढीमा विहिवार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘हामीलाई असफल पार्ने काम राज्यले गरिरहेको छ । 

 

मुलुकलाई विखण्डनतर्फ धकेल्ने काम राज्यले गरिरहेको छ ।’ राजेन्द्र महतोले सरकारमाथि लगाए गम्भीर आरोप, सीके राउतसंग विशेष कनेक्सन आफूहरु राज्यको सफल संघीयताको प्रयासमा हातेमालो गर्न खोजेको बताउँदै महतोले त्यहि अनुसारको संरचना, अधिकार र व्यवस्था बनाउनुपर्ने माग समेत गरे । ‘हामी त नेपालको सोभरेन्टीभित्र अधिकार सम्पन्न भएर बस्नुपर्ने व्यवस्था बनाउनुपर्छ भन्दै आएका छौं ।

 

तर राज्यले बनाइरहेको छैन’, उनले अगाडी थपे, ‘हामी त असफल होउला तर हामीलाई असफल बनाएर राज्यलाई नै असफल बनाइरहेको छ । 

यसमा विखण्डनकारीहरुलाई बल पुर्रुयाइरहेको छ ।’ महतोले सरुंविधान सरुंशोधन र मधेस आन्दोलनका क्रममा लगाइका मुद्दा फिर्ताको विषयमा पर्ख र हेरको अवस्थामा रहेको पनि बताए । ‘हामीले यो सरकारलाई समर्थन पनि गरेका छौ । तर सदुपयोग भएन । संविधान संशोधन, कैदीबन्दी रिहाईलगायत माग राखी हामीले समर्थन गरेका हौ । हालसम्म हामी ‘पर्ख र हेर’को अवस्थामा छौ’, नेता महतोले भने। कञ्चनपुरको बलात्कारपछि हत्या प्रकरणलगायत घटनालाई कोट्याउँदै उनले मुलुकमा राज्यबाटै आतंक सिर्जना समेत भएको आरोप लगाए । 

 

त्यस्तै राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले मधेस तथा थारूको माग सम्बोधन गर्ने आशका कारण आफूहरुले वर्तमान सरकारको समर्थन गरेको जिकिर गरे । ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन’, उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ, जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ ।’ जनकपुरबाट प्रकाशित हुने न्यूजपेपर दैनिकमा समाचार छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस