मौलिक हक सम्बन्धी वियेक पारित नै सरकारको ठुलो उपलब्धी : मन्त्री पोखरेल

संविधान अबको केही दिनमै सर्वस्वीकार्य रुपमा कार्यान्वयन हुनेमा मन्त्री पोखरेल विश्वास व्यक्त गर्नुभयो । ।

२०७५ असोज ४ बिहीबार
बिहान ०९:१० बजे


न्यूज ब्यूरो, जलेश्वर ।  मौलिक हकसम्बन्धी विधेयक पारित हुनु नै वर्तमान सरकारको सबैभन्दा ठूलो उपलब्धि रहेको शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।

 


 गौशाला नगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले यस्ता मौलिक हक जनतासँग प्रत्यक्ष सम्बन्ध गाँसिएकोले बर्तमान सरकारको ६ महिनाको कार्यकालको ठूलो उपलब्धिको रुपमा हासिल गर्न सफल भएको दावी गर्नुभएको हो ।


अब सरकारले संघ, प्रदेश र स्थानीय तह सञ्चालनको लागि ऐन कानुन निर्माण गर्नका लागि तीव्र रुपमा तयारी अगाडि बढाएको मन्त्री पोखरेलले बताउनुभयो । संविधान अबको केही दिनमै सर्वस्वीकार्य रुपमा कार्यान्वयन हुनेमा मन्त्री पोखरेल विश्वास व्यक्त गर्नुभयो । 

 

संघीय समाजवादी फोरम नेपाल सरकारलाई समर्थन गरेको र राजपाले पनि आलोचनात्मक रुपमा सरकारको समर्थन गरेको, तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न भएको र राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले संसदलाई सपथ ग्रहण गराएको दृश्यले केही दिनभित्रमै संविधानलाई जनताले सर्वस्वीकार्य गरि कार्यान्वयनमा आउनेमा आफू विश्वस्त रहेको मन्त्री पोखरेलले धारणा राख्नुभयो ।

 

कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले नगरपालिकाभित्र रहेको विभिन्न नदीका कारण वर्षेणी सैयकडौ जग्गा कटान गर्दै आएकोले केन्द्रिय सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउनका लागि मन्त्री पोखरेल समक्ष आग्रह गर्नुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ असोज ४ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus