मधेस सरकारको प्रदेश सभा भवन उपर 'स्वतन्त्र मधेस' को झण्डा फहराइयो !

सिके राउतका समर्थकहरु समेत कार्यक्रम सफल पार्नको लागि निरन्तर कसरतमा छन् ।

२०७५ असोज ३ बुधबार
दिउसो ३:१९ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विर : विनय कुमार यादव, धनुषा

 

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को प्रदेश सभा भवन उपर डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको स्वतन्त्र मधेसको झण्डा फहराइएको छ । बुधबार दिउँसो भारी सँख्यामा गएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता एवम् समर्थकहरुले प्रदेश सभा भवनमा स्वतन्त्र मधेसको झण्डा फहराएका छन् ।

 

 

संविधानको विरोधमा जनकपुरधाममा विहानैदेखि शान्तीपूर्ण प्रदर्शनमा उत्रेका राउत समर्थक कार्यकर्ताहरु विशाल विरोध सभा गरी कालो दिवस मनाउने तयारी गरेका छन् । विहानै देखि जनकपुरको कुनाकाप्ता, गल्लीगल्ली, चोकचोकमा व्यापक प्रहरी परिचालन गरी सिके राउतको कार्यक्रम चलु जनकपुर भरु जनकपुरलाई विफल पार्न अथक प्रयासमा लागेका छन् भने सिके राउतका समर्थकहरु समेत कार्यक्रम सफल पार्नको लागि निरन्तर कसरतमा छन् ।

 

 

उता, जनकपुरभित्र प्रहरीको कडा निगरानी बढेपछि जनकपुरधामको छेउमा रहेको प्रदेश सभा भवनमा स्वतन्त्र मधेसको झण्डा फहराएको छ । यस सम्बन्धमा मुख्यमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय

  • २०७५ असोज ३ बुधबार

एजेन्सी ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको

पूरा पढ्नुहोस्

Bureau Menus

} }