सिके राउतको कार्यक्रममा जनकपुर जान लागेका गाडिलाई प्रहरीले मिर्चैयामै घेरे !

डा. सिके राउतको कार्यक्रम मधेसको विभिन्न जिल्लामा तय गरिएको छ । राउत जनकपुरमा सहभागी हुने भएको छ । 

२०७५ असोज ३ बुधबार
दिउसो २:४८ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो,  सिरहा ।  असोज ३ गते संविधान दिवसमा मधेशी सहिदहरुप्रति श्रद्धाञ्जली तथा संविधानको विरोधमा कालो दिवस मनाउन जनकपुरधाम जान लागेका गाडिहरुलाई प्रहरीले मिर्चैयामै थन्काएका छन् । 

 


स्वतन्त्र मधेश गठबन्धनको आह्वानमा “चलु जनकपुर भरु जनकपुर” कार्यक्रममा जनकपुर प्रस्थान गरेका गाडिहरुलाई प्रहरीले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गमै थन्काएका हुन् ।

 

भारी संख्यामा जनकपुर जान लागेका उनीहरुको गाडि प्रहरीले बाटोमै घेरेपछि सर्वसाधारणहरु प्र्रहरी विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

 

अलगै मधेश देशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले बुधबार (आज) संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् । 

 

 

डा. सिके राउतको कार्यक्रम मधेसको विभिन्न जिल्लामा तय गरिएको छ । राउत जनकपुरमा सहभागी हुने भएको छ । 


पूर्व घोषित कार्यक्रम अन्तर्गत डा. सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा पारेको छ । 

 

 

कार्यक्रममा गाउँ गाउँबाट भारी सँख्यामा सर्वसधारण जनकपुर उतार्ने गठबन्धनको योजना रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ असोज ३ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus