पर्यटकको रोजाई बन्दै 'नमस्ते झरना (फोटोसहित)

अन्य स्थल भन्दा झरना धरै सुन्दर भएकाले यहा अउने गरेको पर्यटक बताउछन् ।

२०७५ असोज २ मंगलबार
बिहान १०:२८ बजे

 

न्यूज ब्यूरो, धनकुट । नमस्ते झरना जो पर्यटकको आकर्षण केन्द्र विन्दु बन्दै गएको छ ।धनकुटा जिल्लाको साविकको भेडेटार गाविस र हाल सागुरीगढी गाँउपालिका पर्ने यी झरनामा नुहाउन र हेर्न आन्तरिक तथा वाह्य पर्यटकको लाम लागेको देखिन्छ । पुर्बाधार बिकास गरि प्रचार प्रसारलाई तिव्रता दिईएसँगै पर्यटक बढेका हुन् ।

 


धनकुटा जिल्लाको पर्यटकिय स्थल भेडेटार गाविस वडा नम्वर ३ स्थीत सिम्सुवाखोलामा रहेको नमस्ते झरना पूर्वाञ्चलकै मुख्य पर्यटकिय गन्तव्य वन्दै गएको छ । कोशि राजमार्ग अन्र्तरगतको सिम्सुवागोलाई करिब दुई किलोमिटरको दुरीमा रहेको सो झरना हेर्न नेपालसँग सिमा जोडिएको भारतिय शहर सहित तराईका झापा,मोरङ्ग, सुनसरी, सिराहा, धनुषा लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् ।

 

 

एक दशक अघि सम्म पर्यटकनै नपुग्ने गरेकोमा हाल बिदाको समय २ देखि ३ सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरे पनि गर्मी मौसम, महोत्सव तथा कुनै महत्वपूर्ण चाडपर्वमा यहाँ दैनिक १५ देखि १६ हजार पर्यटकले झरनामा आएर रमाइलो गर्ने गरेको गरेका छन् । अन्य स्थल भन्दा झरना धरै सुन्दर भएकाले यहा अउने गरेको पर्यटक बताउछन् ।

 

 

घुम्न आउने पर्यटकलाई सुरक्षित र सुबिधायुक्त बनाउन जिल्ला बिकास समिति, सहरी बिकास कार्यलय,पर्यटन कार्यलयको करीब ७० लाख रुपैया तथा स्थानिको श्रमदान गरि सो क्षेत्रको भौतिक अबस्था सुधारका लागि पुल, बाटो, सौचालय, रेलिङ्ग, चेन्जीङ्गरुम, गेट लगायतका पुर्बाधार निर्माण समेत गरिएको छ ।

झरनाको थप महत्व बढाउन क्याननिङ, पिकनिक स्पोर्ट, पोखरी निर्माण गर्ने तथा झरनाको स्रोत संरक्षण गर्ने लक्ष्य रहेको सिम्सुवा (नमस्ते) झरना संरक्षण तथा व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले जानकारी दिए ।

 


झरनाकै कारण सो क्षेत्रमाआर्थिक चहलपहल समेत निकै बढेको छ । पाँचबर्षको अबधिमा एक दर्जनको हाराहारीमा होटल खुलेका छन् ।प्रत्येक होटलले दैनिक दश देखि पचास हजार सम्म कारोवार गदै आएका छन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाए पछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् ।

 


धनकुटाको भेडेटार तथा नाम्जे पछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् । करिव ६० मिटर अग्लो सो झरनाकै कारण सो क्षेत्रका सयै सर्ब साधारणले प्रतक्ष र अप्रतक्षरुपमा रोजगारी समेत पाएका छन् ।सामान्य पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गरि प्रचारप्रसार गर्न सके सो स्थानको मुहारनै परिबर्तन गर्न सकिन्छ भन्ने उदहारण समेत बन्दै गएको छ धनकुटा स्थीतनमस्ते झरना ।

 


यहाँ नमस्ते झरना बाहेक सागुरी गढी, आत्माघर, नमस्ते झरना, चाल्सपोइन्ट, शंख घर, भेडेटार पार्क लगायतका आकर्षक स्थल लगायत छिनछिनमा परिवर्तन हुने मौसमका कारण आन्तरिक तथा वाह्य पर्यटकको रोजाई बन्न पुगेको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ असोज २ मंगलबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus