• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०६ pm

बलिवुड कमेडिका बादशाह 'गोविन्दा' आफ्नो ससुराली काठमान्डौँमा  !

यहाँको परम्परालाई  लक्षित गर्दै गोविन्दाले ससुरालीमा रमाइलो हुने बताएका थिए । 


न्यूज ब्यूरो, काठमान्डौँ । हिन्दी सिने जगत बलिवुडका सुपर स्टार कास्ट एवम् हाँस्य जगतका बादशाह गोविन्दा नेपाल आएका हुन् ।

  
काठमान्डौँमा आयोजन हुन लागेको  एक सिने सर्कल अवार्डमा सहभागी हुन अभिनेता गोविन्दा र उनकी छोरी टिना आहुजा  शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन् । काठमान्डौँमै ससुराली रहेका कमेडी वादशाह अभिनेता गोविन्दा आफ्नी श्रीमति सहित पुरै परिवार नै आउने भनिएपनि स्वास्थ्यमा देखिएको समस्याका कारण उनको श्रीमति आउन नसकेको जनाइएको छ । 

 

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर पनि रहेकाले रमाइलो लाग्ने बताए । यहाँको परम्परालाई  लक्षित गर्दै गोविन्दाले ससुरालीमा रमाइलो हुने बताएका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस