• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०४ pm

धनुषाको मिथिला नगरपालिकाको नगर गीत 'यो हाम्रो मिथिला' को बिमोचन

अडियो रिजिलपछि शिघ्र नै भिडियो समेत रिलिज गरिने गायक विश्वकर्माले जानकारी दिए । 


न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिकाको नगर गीतमा आधारित गीत  हाम्रो मिथिला विमोचन गरिएको छ । 


नगरपालिकाकै सौजन्यमा निर्माण भएको उक्त गीतमा गायक एवम् सँगितकार रुद्रसेन विश्वकर्माले सुमधुर स्वर सजाएका छन् ।नगरपालिकाकै श्री धनेश्वर महादेव मन्दिर परिसरमा आयोजन गरिएको विमोचन कार्यक्रममा नगर प्रमुख हरिनारायण महतोको अध्यक्षता एवम् वरिष्ठ हास्य कलाकार शुभाष गजुरेल सहित अन्य राष्ट्रिय कलाकारहरुको विशेष आतिथ्यमा उक्त गीत  विमोचन गरिएको हो । 

 

नगरको सम्पूर्ण प्रोफाईललाई समेटेर नगरप्रतिको वर्णन र नगर भक्ती सान्दर्भिक गीतको विमोचन कार्यक्रममा नगर प्रमुख महतोले गायक एवम् सँगीतकार विश्वकर्माको खुलेरै प्रशँसा गरे । कैयौँ गीति एल्बममा आफ्नो स्वर सजाएका गायक विश्वकर्मा धनुषा लालगढकै नीजी निवासी हुन् । धनुषाको शानको रुपमा रहेको गायक विश्वकर्मा सँग नगरपालिकाका  पदाधिकारीहरुले समेत शुभकामना सहित बधाई तथा प्रशँसा ज्ञापन गरे । 

 

विमोचन कार्यक्रममा स्थानीय धनेश्वर मन्दिर ब्यवस्थापन समिती, धनेश्वर टोल विकाश संस्थाले  उक्त गीतलाई उचीत स्थान दिँदै प्रर्वद्धन गरिने जनाएको छ । यो हाम्रो मिथिला  हाम्रो प्यारो मिथिला बोलको गीत विमोचन भएदेखि नगरपालिकाको स्वामित्वमा भएको भन्दै नगरभित्र हुने हरेक कार्यविधी, क्रियाकलाप र कार्यक्रममा यो गीत बजाउने वाचा समेत गरिएको हो । 


अडियो रिजिलपछि शिघ्र नै भिडियो समेत रिलिज गरिने गायक विश्वकर्माले जानकारी दिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस