९ महिने वालिका सोनालीको हत्या बारे बुझ्न राजपा अध्यक्ष भण्डारी पुगे वालिकाको घरमा

औरही नगरपालिका १ की ९ महिने वालिका सोनाली चौधरीको गत भदौ १० गते पसलबाट अपहरण गरि दुश्कर्म पश्चात हत्या गरिएको थियो ।

२०७५ भदौ २१ बिहीबार
बिहान ०९:५५ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य शरत सिंह भण्डारीले महोत्तरी औरही १ की ९ महिनेकी वालिका सोनाली चौधरीको हत्याको सम्बन्धमा बुझनका लागि वालिकाको घरमै पुग्नुभएको छ । वुधबार साँझ वालिकाको घरमा पुग्नुभएका अध्यक्ष भण्डारीले वालिकाका अभिभावकसँग घटनाको सम्बन्धमा विस्तृत रुपमा बुझेका हुन् ।

 

घटना अत्यन्त मार्मिक भएकोले सिंगो देश नै दुखी भएको समयमा धैर्यधारण गरि संयमता अपनाउनको लागि अध्यक्ष भण्डारीले सवैमा आग्रह गर्नुभएको छ । प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकोले दोषीलाई पक्राउमा केही समय लाग्ने भएकोले प्रहरीलाई सहयोग गरिदिनका लागि अध्यक्ष भण्डारीले सवैमा अनुरोध गर्नुभयो ।

 

औरही नगरपालिका १ की ९ महिने वालिका सोनाली चौधरीको गत भदौ १० गते पसलबाट अपहरण गरि दुश्कर्म पश्चात हत्या गरिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ भदौ २१ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus