राम मनोहर यादवको मृत्यू प्रति संयमता अपनाउन आग्रह

मृतक राम मनोहर यादवको पार्थिव शरिर अहिले काठमान्डौँ स्थित टिचिँग हस्पिटलमा राखिएको छ । 

२०७५ भदौ १७ आइतबार
बेलुकी ७:०३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका बर्दियाका नेता राम मनोहर यादवको मृत्यू पश्चात भएको आक्रोसलाई सँंयमता बनाउन आग्रह गरिएको छ । 

 

गत भदौ ७ गते संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम संघीय सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झण्डा देखाएपछि प्रहरी हिरासतमा लिइएको र हिरासतमै मृत्यू भएपछि गठबन्धन सहित आम युवाहरु समेत आक्रोसित भएका छन् ।


जनकपुरधामको जानकी मन्दिर प्राङगनमा अपरान्ह आयोजना गरिएको श्रद्धाञ्जली सभामा सबैलाई संयमता अपनाउन आग्रह गरिएको हो ।स्वतन्त्र मधेस विद्यार्थी मञ्चले आयोजना गरेको राम मनोहर यादवको श्रद्धाञ्जली सभा कार्यक्रममा उनको मृत्यूको दोष मात्र कुनै नेतालाई नभई पुरै सिस्टम नै खराब रहेको बताइएको थियो । 

 

मृतक राम मनोहर यादवको पार्थिव शरिर अहिले काठमान्डौँ स्थित टिचिँग हस्पिटलमा राखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७५ भदौ १७ आइतबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus