९ महिने बालिकासँग दुश्कर्म गरी हत्या गर्ने व्यक्तिको पहिचान खुल्यो , गाउँबाट फरार !
९ महिने शिशुसँग यस्तो घटना भएपछि हाम्रा न्यूज ब्यूरो सहकर्मीले अपरेशन सुरु गरेका छन् ।

२०७५ भदौ १५ शुक्रबार, बेलुकी ७:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । महोत्तरीको औरहीमा एक ९ महिने बालिकासँग दुश्कर्म गरी हत्या गरिएको व्यक्ति पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालिका हत्या गर्ने व्यक्ति पहिचान भएको छ । सिसिटीभी क्यामेराको फुटेजमा देखिएको व्यक्ति पहिचान भएको र हाल घरबाट फरार रहेको जनाइएको छ ।
उक्त घटनाका अभियुक्त महोत्तरीको भँगहा नगरपालिका वडा नं. ६ बस्ने २५ बर्षिय सन्दर्भ लक्की (नाम परिवर्तन) रहेको स्थानीयहरुले बताएका छन् । यसअघि पनि सन्दर्भ लक्की (नाम परिवर्तन) ले गाउँमा घिनौना हर्कतहरु गर्दै आएका छन भने गएको आईतबार साँझ सन्दर्भ लक्की (नाम परिवर्तन) को घरबाट करिब ३ किलोमिटरको दुरीमा मात्र रहेको औरही बजारबाट ९ महिने शिशु लाई अपहरण शैलीमा लगी दुश्कर्म पश्चात हत्या गरेर फालेका थिए ।
अभियुक्त सन्दर्भ लक्की (नाम परिवर्तन) घरबाट हाल फरार भएका छन् भने सोधपुछ र अनुसन्धानको लागि केही व्यक्तिलाई महोत्तरी प्रहरीले हिरासतमा लिएका छन् ।
न्यूज ब्यूरो अपरेशन :
९ महिने शिशुसँग यस्तो घटना भएपछि हाम्रा न्यूज ब्यूरो सहकर्मीले अपरेशन सुरु गरेका छन् ।
प्रारम्भिक जानकारी अनुसार, अभियुक्त सन्दर्भ लक्की (नाम परिवर्तन) उक्त दिन औरही बजारमा रहेको मिलन हेयर कटिँग सैलुनमा कपाल कटाए । हजुरवुवा वितेको हुनाले नौकेश गर्नको लागि त्यो पसलमा गएको र कपाल कटाएपछि पैसा पनि नतिरिकनै भागेका थिए ।
त्यसपछि उतै रहेको वर्षा रेडिमेटमा गएर टोपी (क्याप) किने । टोपी किन्ने बेलामा पसलेसँग केही बेर झगडा र भनाभन समेत भएको थियो । त्यहाँबाट टोपी लिएर हिडेका साह सँतोष चौधरीको सिदान्त फैन्सी स्टोर पुगेका थिए । आफू सँतोषलाई चिनेको भन्दै सोनालीलाई पसलबाट उठाएर खेलाउने निहुँमा लगेका थिए ।
धेरै बेरसम्म सोनालीलाई लिएर नआएपछि आत्तिएका सोनालीका परिवारले तत्कालै प्रहरीलाई खवर गरेका थिए ।सोमबार दिउँसो भँगहा नगरपालिका वडा नं. ७ स्थितको एक आँप बगैँचामा शव फलिएको अवस्थामा नग्न फेला परेको थियो ।
सोनाली हत्यालाई लिएर महोत्तरीको औरही तातिएको छ भने आन्दोलन पनि जारी रहेको छ ।
सन्दर्भ लक्की (नाम परिवर्तन) लाई खोज्नको लागि स्थानीय युवा, प्रहरी र व्यापारीको टोली अहोरात्र खटेका छन् । सन्दर्भ लक्की घरबाट फरार छन् भने खोजी कार्य तीव्र पारिएको छ । यसअघि विहिबार दिउँसो खेतको उँखु बारीमा अभियुक्त फेला परेका थिए । स्थानीय एक महिला घाँस काट्न गएकी बेला " तिमी ....... हो" भनेर भनेपछि उ भागेका थिए । त्यसपछि गाउँलेहरु उसलाई खोजबीन गर्न खेत, खलिहान र जहाँ तहाँ लागिपरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…