९ महिने वालिका हत्या विरोधमा गौशाला बन्द
स्थानिय गौशाला सामुदायिक यूवा क्लब एक दिने गौशाला बजार बन्द गराएका हुन् ।

२०७५ भदौ १५ शुक्रबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । महोत्तरीमा ९ महिने बालिकालाई अपहरण गरी हत्या गरिएको विरोधमा गौशाला बजार बन्द गराइएको छ ।
हत्यारालाई कारवाहीको माग गर्दै शुक्रबार विहानैदेखि गौशाला बजार बन्द गराइएको छ भने ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन समेत गरिएको छ ।
स्थानिय गौशाला सामुदायिक यूवा क्लब एक दिने गौशाला बजार बन्द गराएका हुन् ।
क्लबको पूर्व बैठक बसी महोत्तरीको औरही नगरपालिका वडा नं. १ की ९ महिने बालिका सोनाली चौधरीलाई अपरहणका साथै दुश्कर्म गरी हत्या गरिएपनि प्रशासनले अपराधी समात्न नसकेको भन्दै दबाब स्वरुप गौशाला बजार बन्द गराइएको क्लबका अध्यक्ष विटु प्रसाद साहले जनाए ।
गएको आईतबार साँझ सोनालीलाई अपहरण गरिएको थियो भने सोमबार दिउँसो आँपको बगैँचामा उनको शव फेला परेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…