९ महिने वालिका हत्या काण्ड : अझै समातिएन अपराधी, जनमानसमा आक्रोस !

अनुहार र शरिरका विभिन्न भागमा निलडाम तथा मलद्वार र गोप्यअंगमा गम्भिर चोट

२०७५ भदौ १४ बिहीबार
बिहान ११:५६ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २


न्यूज ब्यूरो, नेपाल ।  ९ महिने वालिकाको हत्या आरोपी चार दिन वित्दा पनि प्रहरीले समात्न सकेको छैन ।

 

आईतवार साझ आफ्नै  पसलबाट अपहरणमा परेकि वालिकाको शव सोमवार अपरान्ह भंगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना स्थित झाडीमा फेला परेपनि वालिका हत्यारा भने फरार भएका थिए ।

 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले वालिका हत्यारालाई खोज्न धनुषा तथा अन्य जिल्लाका प्रहरी,शसस्त्र प्रहरी तथा भारततिर अपराधी उम्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतिय प्रहरी र एसएसविको समेत सहयोग लिएपनि अपराधी अझै पक्राउ पर्न सकेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र वहादुर खड्काले प्रहरी वालिका अपहरण वारे जानकारी पाएको वेला देखि नै पुर्ण सकृय भई गम्भिरता पुर्वक खोजबिन गरिरहेको बताए । उनले आरोपीको लोकेशन विभिन्न ठाउमा ट्रेस हुने गरेपनि टे्रस हुने गरेको स्थानमा पुग्दा समेत सफलता हात नलागेको बताए । यता हत्या आरोपीलाई स्थानियहरुले साइको जस्तो भनेपनि यत्रो प्रहरीलाई छकाउन प्रयास गरिरहेको अपराधी सातिर र पेशेवर रहेको उहाले वताए ।

 

 

यस्तो छ हत्या आरोपीको परिचय :

भंगहा नगरपालिका वडा नं. ७ जमुनिया निवासी पलट साहका करिव २५ वर्षिय छोरा भरत साहतेली माथी वालिकाको अपहरण र हत्याको आरोप छ । विगतमा चोरी र डाका मुद्दामा सिरहा कारागारमा चारवर्ष जेल जिवन विताईसकेको  र चार पाच महिना पुर्व मात्र छुटेर आएको उनी अझै वेला वेलामा साना तिना अपराध गरिरह्ने उनकै गाउका छिमेकिहरुको भनाई छ । आरोपी भरत साह सम्पर्कमा नआएपछि र प्रहरीको खोजतलासमा समेत फेला नपरेपछि प्रहरीले सोधपुछका लागि आरोपीका बुवा,आमा,भाई र एक आफन्तलाई औरही चौकीमा निगरानीमा राखेका छन ।

 

उनी आईतवार साझ सिद्धान्त फैन्सी एण्ड रेडिमेड स्टोरबाट ७ महिने वालिका सोनाली चौधरीलाई लिएर गएको सिसिटिभी फुटेजमा देखिएको छ । उनी सोहि वेला देखि सम्पर्क विहिन छन भने वालिकाको शव अर्को दिन विभत्स तरिकाले मारिएको अवस्थामा फेला परेको थियो । आरोपीसंग मोबाईल समेत रहेको र प्रहरीले मोबाईल समेत ट्रेस गरिरहेपनि सफल हुन सकिएको छैन । यता हत्याराको पहिचान हुदा समेत प्रहरीले पक्राउ गर्न नसक्दा स्थानिय र वालिकाका परिवार आक्रोशित छन ।

 

महिला पनि निस्किए सडकमा :

वालिका हत्याको विरोधमा र अपराधीलाई तत्काल पक्राउ गर्न औरहीका महिलाहरु बुधवार सयौको संख्यामा सडकमा ओर्लिएका छन । वालिका हत्यारा खुलेआम घुमिरहेकोले तत्काल पक्राउ गर्न आफुहरु समेत सडकमा उत्रेको स्थानिय महिलाहरुले वताइन ।

 

सोनाली जस्तै सवैको वालवालिका भएको र सोनाली घटनाले अन्य वालवालिकाहरु समेत असुरक्षित रहेकोले तत्काल अपराधी कानुनको पकडमा हुनु पर्ने र त्यसता जघन्य अपराध गर्नेलाई नेपाल सरकारले कानुनमा संसोधन गरि फाँसी दिनु पर्ने उनीहरुको मांग छ । यता फाँसीकै लागि महोत्तरीमा विभिन्न सामाजिक अभियन्ताहरुले आवाज उठाएका छन ।  

 

यता बालिका हत्यारालाई चार दिनमा  समेत पक्राउ गर्न नसकेको भन्दै महिलाहरुसंगै स्थानिय व्यापारी र नागरिक समाजले समेत औरही बन्द र सडक जाममा साथ दिएका छन । बुधवार गरिएको बन्दमा महोत्तरी उद्योग वाणिज्य संंघ औरही शाखाले बजार र सडक बन्द गराउदै प्रहरी प्रसासन विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

 

 

बालिकाको हत्या विभत्स तरिकाले गरियो : डा.स्वाती गुप्ता

 

सोमवार अपरान्ह मृत भेटिएकि सात महिना कि वालिका सोनाली चौधरीको हत्या विभत्स भएको पोष्टमार्टम गरेकि डा. स्वाती गुप्ताले बताइन । उनले अनुहार र शरिरका विभिन्न भागमा निलडाम तथा मलद्वार र गोप्यअंगमा गम्भिर चोट भएको बताइन ।

जिल्ला अस्पताल जलेश्वर कि डा. गुप्ताले शव परिक्षणको प्रारम्भिक जाचमा सो देखिएको बताउदै वालिकाको मृत्युको एक प्रमुख कारण मध्ये गोप्यअंगको चोट समेत हुन सक्ने सम्भावनालाई नकार्न नसकिने  वताईन ।

 उनले ल्यावको रिपोर्ट सहितको प्रमाणित पोष्टमार्टमको लागि भने केहि दिन पर्खन भनिन । आफुले शवको यि वाहिरी चोट वाहेक थप केहि भन्न नसक्ने वताउदै उहाले फोरेन्सीक ल्यावको रिपोर्ट निकै महत्वपुर्ण हुने भएकोले रिपोर्ट पर्खनै पर्ने वताईन ।

 

 

वडाअध्यक्ष समेतको सोहि भनाई :

औरही नगरपालिका वडा नं. १ का वडाअध्यक्ष राजकिशोर चौधरीले समेत वालिकालाई विभत्स तरिकाले हत्या गरेको वताए । उनले वालिकाको शव हेर्दा भन्नै नसकिने अवस्थामा रहेकोले तत्काल यस्तो जघन्य अपराध गर्ने अपराधीलाई कानुनी कार्यवाही हुनु पर्ने वताए । र वालिकाको शव देखेका स्थानियहरुको समेत वालिकाको आन्तरिक चोटवारे एक्कै धारना रहेको देखिन्छ ।  

 

 

औरही बजारमा दिप प्रज्वलन :

 

मंगलवार साझ वालिकाको शोकमा वालिकाको आत्माको चिर शान्तिको कामना गर्दै स्थानियहरुले दिप प्रज्वलन गरेका थिए । महोत्तरी उद्योग वाणिज्य संघ औरही शाखा,स्थानिय राजनितिक दल,नागरिक समाज,युवा,विद्यार्थी लगायतले मैनवत्ति वालेका छन ।

 

साथै वालिकाको हत्यारालाई सिघ्र कानुनी कठघरामा ल्याउन समेत उनीहरुले मांग गरे । यता बुधवार साझ समेत वालिकाको आत्माको शान्तिको कामना गर्दै घटना स्थलमै पुगि सामाजिक अभियन्ता निराजन झा तथा स्थानियहरुले दिप प्रज्वलन गरेका छन ।

 

औरही बजारबाट करिव एक किलोमिटको दुरीमा फेला परेको वालिकाको शव नांगो अवस्थामा रहेको र कपडाहरु शव भन्दा थोरै पर राखिएको प्रत्यक्षदर्शीहरुले देखेका थिए । घटना स्थलमै एउटा चशमा र विस्कुटको प्याकेट समेत फेला परेको छ ।

 

 

यसरी भएको थियो अपहरण :

आईतवार साझ ६ः३० मा आफ्नै पसलमा खेल्दै गर्दा एक अपरिचत व्यक्तिले वालिका झुक्याएर लगेको थियो ।  औरही नगरपालिका वडा नं. १ स्थित सिधान्त फैन्सी तथा रेडिमेड पसलमा खेल्दै गरेकि वालिकासोनाली चौधरीलाई अपरिचित व्यक्तिले लगेका थिए ।

 

यस्तो भन्छन प्रत्यक्षदर्शी :

शव हेरेका प्रत्यक्षदर्शीहरु तथा चिकित्सक समेतको बयानलाई हेर्ने हो भने वालिकासंग अकल्पनिय घटना भएको बुझिन्छ । हालसम्म पोष्टमार्टम रिपोर्ट नै आधिकारिक हुने र अदालतले समेत सोहि रिपोर्टलाई सहि मान्यता दिएपनि घटना प्रकृति र वालिकाको शरिरमा रहेको चोटले वालिकासंग दुष्कर्म गरेको आँकलन गरिएको छ ।

 

वालिकाको मलद्वार र गुप्तांग चिरिएको र सोहि ठाउमा ठुलो प्वाल परेकोमा वालिकाको मृत्युको लागि सो कारण पर्याप्त रहेको अस्पतालका अन्य चिकित्सकहरुको भनाई छ । वालिकालाई घाटी थिचेर मारिएको हुन सक्ने प्रारम्भिक वयान समेत शवको परिक्षण पश्चात हराएको र घाटी थिचिएरै बालिकाको मृत्यु भएको नभई वालिकासंग दुष्कर्म गर्दा उनको मृत्यु भएको तथ्यहरुले झनै पुष्टी गर्दै गएको छ ।

 

 

यस्तो छ अपराधको तथ्यांक :

 

गत आर्थिक वर्षमा महोत्तरीमा १३ महिला वलात्कृत भएकि थिईन । सो मध्ये ८ नावालिग रहेको प्रहरी तथ्यांक छ । त्यसतै १२ वलात्कारको प्रयास गरिएको थियो । यता चालु आर्थिक वर्षमा ४ बलात्कारको प्रयास र ४ बलात्कार भएकोमा सो मध्ये १ नावालिक रहेको तथ्यांक छ ।

 

त्यसतै गत आर्थिव वर्षमा एक १६ वर्षिय युवकको हत्या भएको थियो भने चालु आर्थिक वर्षमा २ हत्या भइसकेको छ । यता अपहरण पछि हत्या गरिएको घटना यस वर्ष दुई पुगेको छ । सो मध्ये एक नावालिका रहेको प्रहरीको भनाई छ । भने गत आर्थिक वर्षमा एक १६ वर्षिय युवकको लोहारपटटीमा अपहरण पछि हत्या भएको थियो ।

 

 

घटना प्रति आक्रोश अझै बढ्दै :

 

वालिका हत्याको विरोधमा जिल्लाका अन्य स्थानहरुबाट समेत आवाज उठ्न थालेको छ । प्रहरीले तत्काल अपराधीलाई कठघरामा उभ्याउन नसके बर्दिवास,जलेश्वर लगायतका अन्य पालिकाहरुमा समेत चर्को आन्दोलनको तयारी भैरहेको विभिन्न अभियन्ताहरुले जनाएका छन । वालिकाको हत्या विभत्स थियो र उसले न्याय पाउनै पर्ने भन्दै सरकारमाथी दवाव बनाउन आन्दोलनको तयारी भैरहेको छ ।

 

 

आमा अझै अचेत :

 

छोरीको वियोगमा वालिका कि आमा इन्द्रेश देवी अझै अचेत छिन । पसलमा आफैसंग राखेकि छोरी थोरै ध्यान भटकिदा उमाउनु परेको पिडाले उनको लागि असह्य भएको छ । घरमै ग्लुकोज पानी निरन्तर चलिरहेपनि छिन छिनमा होस मा आउने र पुनः अचेत हुने गरेकि छिन ।

 

होसमा रहेको वेला छोरीलाई खोज्ने र केहि वेर रोएर पुन ः अचेत हुदा उनको स्वास्थ्य विग्रन थालेको वालिकाको पिता संतोष चौधरीले बताए । उनले प्रहरीले अझै हत्यारालाई पक्राउ गर्न नसकेकोमा आक्रोश पोखे । उनका एक १२ वर्षिय छोरा र एक सात महिने छोरी रहेकोमा छोरीको हत्या भएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ भदौ १४ बिहीबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus