९ महिने शिशु सोनाली हत्या विरोधमा जल्न थाल्यो महोत्तरीको औरही बजार !
रहीको शैक्षिक सँस्था, बजार, कलकारखाना, सवारी साधन समेत अवरुद्ध पार्ने तयारी गरेका छन् ।

२०७५ भदौ १३ बुधबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । महोत्तरीको औरही नगरपालिकाकी ९ महिने शिशु सोनाली हत्याको विरोधमा औरही बजार जल्न थालेको छ ।
गत आईतबार साँझ एक अपरिचित व्यक्तिले सोनालीलाई खेलाउन लग्दै विहान पख हत्या गरी फालिएको अवस्था नग्न शव फेला परेको थियो । सोनालीको हत्याको विरोधमा उद्योग वाणिज्य सँघ महोत्तरीले बजार बन्द गरेका छन् भने स्थानीहरुले टायर बालेर सकड अवरुद्ध गरेका छन् ।
औरही बजारको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने चक्काजाम समेत गरेका छन् । औरहीको शैक्षिक सँस्था, बजार, कलकारखाना, सवारी साधन समेत अवरुद्ध पार्ने तयारी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…