९ महिने बालिका हत्याको विरोधमा आज दिनभरि बजार र बाटो बन्द गर्ने
एक अपरिचित व्यक्तिले खेलाउन लैजाँदै निहुँमा हत्या गरी फालिएपछि प्रहरीले सोमबार शव फेला पारेको थियो ।

२०७५ भदौ १३ बुधबार, बिहान ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,नेपाल । महोत्तरीमा ९ महिने बालिकालाई अपहरण गरी हत्या गरेको विरोधमा एक दिनको लागि बजार र बाटो बन्द गर्ने भएको छ ।
महोत्तरी उद्योग वाणिज्य सँघले आज विहान ८ बजेदेखि दिनभरि नै बजार, पसलहरु ठप्प पार्ने भएको छ भने स्थानीयहरुले आ- आफ्नो ठाउँको बाटो अवरुद्ध गर्ने जनाइएको छ ।
गत आईतवार साँझ एक नौ महिने बालिकालाई अपहरण गरी हत्या गरेर फालेको अवस्थामा भेटिएपछि महोत्तरीको माहौल तातिएको हो ।महोत्तरीको औरही नगरपालिका वडा नं. १ बस्ने सँतोष चौधरीकी ९ महिने छोरी सोनाली चौधरीलाई एक अपरिचित व्यक्तिले खेलाउन लैजाँदै निहुँमा हत्या गरी फालिएपछि प्रहरीले सोमबार शव फेला पारेको थियो ।
बालिकालाई कपडाहरु फुकालेर शवबाट पर फालेको थियो भने शवको प्रकृति हेर्दा उक्त ९ महिने बालिकासँग दुश्कर्म समेत भएको पोष्टमार्टममा सँलग्न चिकित्सक डा स्वाती गुप्ताले बताईन् ।
हालाकी यसको पोष्टमार्टम रिपोर्ट आईनसकेको छ । औरहीवासीले यस घटनाको विरोधमा स्थानीय प्रशासन तथा सरकारलाई जागरुकताको लागि चरणवद्ध आन्दोलनको तयारी समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…