९ महिने शिशु मृतक सोनालीको आत्माको चिरशान्तीको कामना गर्दै औरहीबजारमा दिप प्रजवल  

९ महिने छोरी सोनाली चौधरीको शव सोमबार २० घण्टापछि प्रहरीले फेला पारेको थियो ।

२०७५ भदौ १२ मंगलबार
रति ८:४२ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २


न्यूज ब्यूरो, नेपाल ।  अपहरण पछि हत्या गरिएकी ९ महिने बालिकाकी आत्माको चिरशान्तीको कामना गर्दै महोत्तरीको औरहीबजारमा मँगलबार साँझ मैनवती बालिएको छ ।

 

 औरही नगरपालिका १ स्थित औरही चौकमा मंगलवार साँझ सवा ७ बजेको समयमा स्थानियहरुले मैनवती वालिएको हो । औरही नगरपालिका १ बाट अपहरणमा परेको सन्तोष चौधरीकीे ९ महिने छोरी सोनाली चौधरीको शव सोमबार २० घण्टापछि प्रहरीले फेला पारेको थियो ।

 

सन्तोषले संचालन गर्दै आएको सिद्धान्त फैन्सी स्टोर्समा ग्राहकको रुपमा आएका एक व्यक्तिले वालिकालाई खेलाउने भन्दै अपहरण गरि हत्या गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।


यता जिल्लाभरिमा नै प्रहरी व्यापक रुपमा परिचालन गरि घटनामा संलग्न दोषीलाई खोज्नका लागि प्रहरी परिचालन भईसकेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताउनुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ भदौ १२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus