९ महिने शिशु मृतक सोनालीको आत्माको चिरशान्तीको कामना गर्दै औरहीबजारमा दिप प्रजवल
९ महिने छोरी सोनाली चौधरीको शव सोमबार २० घण्टापछि प्रहरीले फेला पारेको थियो ।

२०७५ भदौ १२ मंगलबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । अपहरण पछि हत्या गरिएकी ९ महिने बालिकाकी आत्माको चिरशान्तीको कामना गर्दै महोत्तरीको औरहीबजारमा मँगलबार साँझ मैनवती बालिएको छ ।
औरही नगरपालिका १ स्थित औरही चौकमा मंगलवार साँझ सवा ७ बजेको समयमा स्थानियहरुले मैनवती वालिएको हो । औरही नगरपालिका १ बाट अपहरणमा परेको सन्तोष चौधरीकीे ९ महिने छोरी सोनाली चौधरीको शव सोमबार २० घण्टापछि प्रहरीले फेला पारेको थियो ।
सन्तोषले संचालन गर्दै आएको सिद्धान्त फैन्सी स्टोर्समा ग्राहकको रुपमा आएका एक व्यक्तिले वालिकालाई खेलाउने भन्दै अपहरण गरि हत्या गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
यता जिल्लाभरिमा नै प्रहरी व्यापक रुपमा परिचालन गरि घटनामा संलग्न दोषीलाई खोज्नका लागि प्रहरी परिचालन भईसकेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…