९ महिने शिशुको अपरहण र हत्यापछि न्याय माग्दै औरहीबासी
शवको बाहिरी प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको बुझिएको छ । हालाकी पोष्टमार्टमको रिपोर्ट आएको छैन ।

२०७५ भदौ १२ मंगलबार, दिउँसो १२:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । दिनदहाडै अवोध शिशुलाई अपहरण शैलीमा हत्या गरेको घटनापछि महोत्तरीको औरहीबासि त्रसित भएको छ ।
अहिले न्यायको खोजीमा रहेका छन । पसलमा ग्राहकको रुपमा प्रवेश गरि वालिका हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याएर यथासिघ्र कारवाहीको लागि स्थानियहरुले प्रहरी, प्रशासनसँगमाग गरिएको छ ।
मँगलबार बिहान् मृतक बालिकाकी वुवा सन्तोष चौधरीले पत्रकार सँग कुराकानी गर्दै, अब हुने घटना घटिसक्यो प्रहरीले दोषीलाई पक्राउ गरि कानुन अनुसार कारवाही गरि हामीलाई समयमै न्याय दिलाउन सक्नुपर्यो । भने ।
९ महिने अबोध वालिकालाई अपहरण गरि हत्याजस्तो घृणित कार्य वास्तवमै क्षमा गर्न लायकको नरहेको बताउनुहुँदै औरही उद्योग वाणिज्य संघको अध्यक्ष श्रवण चौधरीले समाजमा यस्ता जघन्य अपराध रोक्नका लागि प्रहरीलाइृ उचित कदम उठाउनुपर्ने आवश्यक रहेको धारणा राखेका छन ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाघटेलगतै व्यापक रुपमा प्रहरी परिचालन भईसकेकोले औरहीवासीलाई न्याय दिलाउनको लागि आफु हरसम्भव प्रयासरत रहेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो ।
घटनामा संलग्नको पहिचान भईसकेकोले अब चाँडै नै आरोपी प्रहरीको नियन्त्रणमा आउनेमा प्रहरी उपरिक्षक कार्कीले विश्वस्त रहनुभएको छ ।
गत आईतबार साँझको समयमा स्थानिय सन्तोष चौधरीले संचालन गरेको सिद्धान्त फैन्सी स्टोर्समा ग्राहक बनेर आएका एक व्यक्तिले ९ महिने वालिका सोनाली चौधरीलाई खेलाउने निहुँमा अपहरण गरि हत्या गरिएको थियो ।
सुनसान स्थानमा सो वालिकालाई घाटी थितेर हत्या गरेको अवस्थामा प्रहरीले २० घण्टापछि सोमबार दिउँसो प्रहरीले मृतक वालिकाको शव फेला पारेको थियो ।
शवको बाहिरी प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको बुझिएको छ । हालाकी पोष्टमार्टमको रिपोर्ट आएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…