धनुषाका युवा वैज्ञानिक अमर मण्डल कबाडमा समान बटुल्टै !

२०७५ भदौ ६ बुधबार
बिहान ०९:४१ बजे
काशिन्द्र कुमार शर्मा
युवा वैज्ञानिक अमर मण्डलले बनाएको नाराएग्री मेसिनको फाईल तस्विर

न्यूज ब्यूरो |
जनकपुरधाम, ६ भदौ ।
कबाड सामान बटुल्दै, मेसिन आविष्कार गर्दै अम्बरआफूले बनाएको धानगहुँ काट्ने मेसिनका साथ अम्बरबहादुर मण्डल । आजको न्यूजपेर दैनिकमा समाचार प्रकाशित गरिएको छ । 


कबाड भन्ने शब्द सुन्ने वित्तिकै जो कोहीलाई लाग्छ–काम नलाग्ने वा पुरानो भएर कन्टेनरमा फालिएको सामान । तर, त्यही फालिएका कबाड समान बटुलेर केही नयाँ चिज आविष्कार गरेका छन, धनुषाको धबौली–७ का २६ वर्षीय अम्बर कुमार मण्डलले । 

 

उनले सन्देश पनि दिएका छन, कबाड सामानबाट पनि नयाँ केही आविष्कार गर्न सकिन्छ भनेर । सानै उमेरबाटै नयाँ कुराको खोजी गर्नु, मेसिनरी सामानहरुसँग भिजेर बस्नु, पुराना मोटरसाइकल– साइकलका पार्टपूर्जा खोलेर हर्ने र आफै बनाउने प्रयास गरिरहन्थ्ये अम्बर । 

 


फलस्वरुप उनी सफल पनि भए । कवाड मोटरसाइकल, साइकल तथा मेसनरी सामान बटुलेर अम्बरले धान गहुँ काट्ने मसिनदेखि विद्युतीय पोलमा चढ्ने मेसिन तथा वाटर पम्पसमेत निर्माण गरेका छन्। 

 

जनकपुर देखी २५ किलोमिटर पूर्वमा पर्ने मण्डलको

गाउँमा पढे लेखेकाहरुको संख्या निकै कम छ। १० कक्षा पनि पढ्न नसकेका मण्डल आर्थिक रुपमा विपन्न भएकै कारण सानै उमेरमा वैदेशिक रोजगारमा जान बाध्य भए ।


 विदेशमा चार वर्ष काम गरेपछि घर फर्केका मण्डलले आफ्नो देशमै मेहनत गरी गाउँ समाजका लागि केही नयाँ काम गर्ने सोच बनाए, त्यही अनुरुप अघि बढे । विदेश बसाइका क्रममा मण्डल आफ्नो ड्युटीपछिको समयलाई त्यहाँका ग्यारेजहरुमा बसेर बिताउने गर्थे । 

 

कबाड सामान बटुल्दै, मेसिन अविष्कार गर्दै अम्बर ग्यारेजमा मेसिनहरुलाई कसरी बनाउने गरिन्छ भनेर उनी अवलोकन गर्थे। त्यहीबाट कबाडलाई उपयोगी सामानको रुप दिन सकिने सोच उनमा आएको हो।


 ‘अविष्कार गर्दा बाबु र समाजले नकारे’ 


गाउँ समाजमा फरक काम गर्नेहरुलाई धेरैले साथ दिन मान्दैनन्। यो समस्या मण्डललाई पनि आइप¥यो। उनका आफ्नै बाबु र गाउँका मान्छेहरुले यो मेसिनहरु बनाएर समयमात्र खेर जाने पटक–पटक भन्थे ।

 

 तर, छोराको लगनशिलता देखेर मण्डलका बाबुले पछि उनलाई स्वतन्त्र छाडिदिए । दिउँसो मेसिन बनाउँदा मण्डललाई धेरै समस्याहरु समाना गर्नुपथ्¥यो । उनले राति मेसिन बनाउने काम गर्न थाले र यसमा उनकी जीवन संगिनीले निकै सहयोग गरिन् । 

 

फलस्वरुप अम्बरले पहिलो पटक २०७४ बैशाख १२ गते नाराएग्री नामक धानगहुँ काट्ने मेसिन बनाएर सफलता पाए । बाबु नारायण मण्डल र आमा रासोदेवीको नामांकरण गरिएको नाराएग्री मेसिन गाउँभरि नै चर्चाको विषय बन्यो । 

 

मोटरसाइकलको बिग्रेको चेन, काम नलाग्ने फलामका छडहरुको प्रयोग गरी बनाइएको मेसिनले १० जनाले गर्ने काम एकपटकमै गर्छ। आर्थिक अभावले गर्दा आफूले ‘काम नलाग्ने बस्तु’ प्रयोग गरेको मण्डलको भनाइ छ ।

 

 मेसिन हेर्न गाउँमा मेला लाग्यो 


पहिलो पटक यो मेसिन सार्वजनिक गर्दा हेर्न मान्छेहरुको मेला नै लाग्यो। मेसिनले धानकाटेपछि सबै आश्चर्यमा परे । गाउँका मान्छेहरुले अम्बरले आफ्नो गाउँलाई धन्य बनाएको बताउँछन् । बिगतमा नानाथरीका कुरा सुनाउने गाउँलेहरु अब मण्डललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । खासगरी किसानहरु नाराएग्री मेसिन बनेपछि धेरै नै खुसी भएका छन् । 

 

मण्डलले मात्र धान गहुँ काट्ने मेसिन नभई विद्युतीय पोलमा सजिलैसँग चढ्न सक्ने उपकरण, वाटर पम्प, विण्ड ह्वीललगायतका समाग्रीहरु बनाएका छन् । मण्डलले आफुले गरेको काम सामुदायिक रुपमा किसानहरुका लागि प्रयोग हुने भएकाले युवाहरुले यसप्रति पनि चासो राख्न जरुरी रहेको बताउँछन् । 


मण्डल भन्छन,‘मलाई कृषि क्षेत्रको सुधारका गर्न बनाउने औजारका लागि चाहिने सामग्रीहरुको अभाव भएको छ, उपयुक्त पार्टपुर्जाहरु नपाएकाले म पछि परेको छु, त्यसैले म सरकारसँग ती सामग्रीहरु उपलब्ध गराइदिन आग्रह गर्दछु ।’ न्यूजपेपर दैनिकको लागि रोहित कुमार महतोले समचार लेखेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ भदौ ६ बुधबार

Bureau Menus