प्रदेश सरकारलाई टेरेन जनकपुरका कलेज, कोचिँग, मुस्लिम विद्यार्थीको विजोग !

कलेज र कोचिँगका व्यवस्थापकसँग भने अत्यधिक राती भएका कारण सम्पर्क गर्न सकिएनन् ।

२०७५ भदौ ६ बुधबार
रति ००:२२ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विर : गुगलबाट साभार


न्यूज ब्यूरो |
जनकपुरधाम, ६ भदौ ।
मुस्लिम धर्मावलम्बीहरुको दोस्रो  महान चाड बकरीदको अवसरमा प्रदेश २ का सरकारले आज (बुधबार भदौ ६ गते) सार्वजनिक विदाको घोषणा गरेपनि जनकपुरका केही नीजि कलेज र कोचिँग सेन्टरले भने टेरेका छैनन् ।

 

प्रदेश नं.२ का सरकारले बकरीदको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरेपनि जनकपुरको केही कलेज र कोचिँग सेन्टरले विदा नमान्ने भएपछि मुस्लिम समुदायका विद्यार्थीहरुको विजोग भएको छ । 

 

मुस्लिम धर्मावलम्बीहरुको हर्षोल्लासका पर्व बकरीदको अवसरमा उक्त समुृदायले विभिन्न कार्यक्रम गरी पर्व मनाउने भएपनि कलेज र कोचिँग सेन्टरले सार्वजनिक विदा नमान्ने भएपछि विद्यार्थी मार्कामा परेका छन् ।

 

राती करिब सवा १२ बजे मुस्लिम समुदायका एक विद्यार्थी न्यूज ब्यूरोसँग भनीन् , प्रदेश २ का सरकारले आज बुधबार एक दिने सार्वजनिक विदाको घोषणा गरेपनि कलेज र कोचिँग सेन्टरले विदा नदिने भनेपछि मुस्लिम समुदायका महिला विद्यार्थीहरुलाई विजोग नै भएको छ । एक सालमा एक पटक आउने हर्षोल्लासको पर्वमा कलेज कोचिँग बालाले मनोमानी गर्दा हामीलाई बिच्चली झैँ भएको छ । 


जनकपुरको जानकी कलेज अफ मेनेजमेन्ट र मिथिला कोचिँग सेन्टरले विदा नदिदा आफूहरुको विजोग भएको नाम नखोल्ने शर्तमा एक मुस्लिम समुदायकी विद्यार्थीले बताइन् ।

प्रदेश सरकारको सार्वजनिक विदामा पनि लोकसेवाको तयारी कक्षाको लागि आजै विहान ६ बजेदेखि जनकपुरको मसाला कटेजमा उक्त कक्षाको आयोजना गरिएको उनले बताइन् ।

 

यति दिन त हामी नियमित नै कक्षा गइरहेका छौँ, कमसेकम सार्वजनिक छुट्टी जे होस हामीहरुको बकरीदमा पनि त एक दिन विदा हुनुपर्छ । एक दिन क्लास डिले गर्दा के हुन्छ र ? तर कोचिँग व्यवस्थापकले लोकसेवा कक्षा तयारी गराउने शिक्षकसँग समय कम भएकोले सार्वजनिक विदाको दिन पनि कक्षा सँचालन गर्ने भनिएको छ । यस्तोमा मुस्लिम समुदायका महिलाहरुको समेत विच्चली भएको छ । कैँयो परिवारको छात्रछात्राहरु हुन्छन मुस्लिम समुदायबाट, आमाबुवाले अपेक्षा गरेको हुन्छ तर कोचिँग बालाले प्रदेश सरकारलाई समेत नटेरेको देख्दा दुःख लाग्यो । उनले भनिन् ।

 

प्रदेश सरकारको सोमबार बसेको बैठकबाट मुस्लिम धर्मावलम्बीहरुको चाड बकरीदको अवसर पारेर एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।  यता, कलेज र कोचिँगका व्यवस्थापकसँग भने अत्यधिक राती भएका कारण सम्पर्क गर्न सकिएनन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ भदौ ६ बुधबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus