सिरहाको माडरबाट सोलुको पतालेसम्म नापियो सगरमाथा, उचाई बढ्यो !

२०७५ भदौ १ शुक्रबार
दिउसो ३:४८ बजे

न्यूज ब्यूरो |

सिरहा १ भदौ । नेपाललाई विश्वमा चिनाउने दुईवटा महत्वपूर्ण सम्पदा छन्ः एउटा माउन्ट एभरेष्ट । अर्को- गौतम बुद्ध । ०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइका विषयमा विवाद परिरहेको छ । अर्कोतिर, गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर अभियान चलाउनु परिरहेको दुःख छ ।

 

नेपालले अहिलेसम्म आफूसित रहेको सगरमाथाको उचाइ कति छ भनेर आफैं नाप्न सकेको छैन । विदेशीले नापेकै आधारमा हामीले सगरमाथाको उचाई विश्व समुदायलाई बताइरहेका छौं ।

 

यसैवीच सन् २००५ मा चिनियाँ सर्वेले सगरमाथाको उचाई करिब ४ मीटर घटाएर ८८४४.४३ मीटर देखाएको छ, जसलाई नेपालले अस्वीकार गरेको छ ।

 

नेपाल सरकार नापी विभागले अहिले एउटा टोली बनाएर ‘ट्रिएङगुलेसन मेथड सर्वे’ विधिबाट सगरमाथाको उचाई नाप्ने प्रयास गरिरहेको छ । तर, सगरमाथाको उचाई नाप्ने योजनालाई राष्ट्रिय गौरबको आयोजना अन्तरगत समावेश गरेर सोहीअनुरुपको बजेट र जनशक्ति नछुट्याएसम्म यो काम चाँडै सकिने छाँटकाँट छैन । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म सिराहाको माडरबाट सोलुको पतालेसम्म ‘मोथोलोजिकल डाटा’ संकलन मात्रै भएको छ ।

 

के भन्छ नापी विभाग ?

नेपाल सरकार नापी विभागका अनुसार सन् २०१९ सम्म सगरमाथाको उचाई मापन गरिसक्ने सरकारी योजना छ । गत वर्षदेखि नै नापी विभागले काम थालिसकेको छ । समुद्र सतहबाट नै ‘ट्रिएङ्गुलेसन मेथड’बाट उचाई मापन गर्नुपर्ने भएकाले यसमा खर्च, जनशक्ति र समय पनि पर्याप्त लाग्छ ।

 

नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार हालसम्म सिराहाको माडरदेखि सोलुखुम्बुको पतालेसम्म ४८ वटा बिन्दुको ग्राभिटी डाटा संकलन भइसकेको छ । नापी विभागका प्राविधिकहरुले फिल्डबाट प्राप्त डाटाहरुको प्रोसेसिङ गर्ने काम धमाधम गरिरहेका छन् । उचाई मापनका क्रममा ९७ वटा बिन्दुहरुबाट डाटा संकलन गरी प्रोसेसिङ भइरहेको उनले अनलाइनखरलाई बताए ।

 

डंगोलका अनुसार सगरमाथाको उचाई नाप्ने कार्यमा करिब २५ करोड रुपैयाँ लाग्न सक्ने नापी विभागको अनुमान छ ।

 

सातचोटि नापियो सगरमाथा

नेपाली समाजमा एउटा उखान छ- सातचोटि नाप, एकचोटि काट । तर, नेपालले अहिलेसम्म एकचोटि पनि सगरमाथाको उचाई नाप्ने काम गरेको छैन । बरु विदेशीहरुले हाम्रो सगरमाथाको उचाइ सातपटक नापिसकेका छन् ।

 

भारतको ‘सर्वे अफ इण्डिया’ले तीनपटक सगरमाथाको उचाई नापेको छ भने चीनले दुईपटक मापन गरेको छ । त्यसैगरी दोस्रो हिमशिखर पाकिस्तानको केटु हिमालको उचाइ मापन गरेको इटालियन कम्पनीले पनि एकपटक सगरमाथाको उचाइ मापन गरेको छ ।

 

अहिलेसम्म भएका सातवटै मापनमा सगरमाथाको फरक(फरक उचाई पाइएको छ । ०७२ को भूकम्पपछि सगरमाथाको उचाई केही घटेको हल्ला विदेशमा चले पनि नेपाल सरकारले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ । यद्यपि भूकम्पपछि एकपटक सगरमाथाको उचाई नाप्नुपर्ने आवश्यकता नेपाल सरकार, नापी विभागले पनि गरेको छ । र, अहिले सगरमाथा नाप्ने तयारी भइरहेको नापी विभागका अधिकारीहरु बताउँछन् ।

 

भारतमा ब्रिटिस सरकार रहेका बेला सन् १८४७ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाई ८७७८ मीटर रहेको अनुमान गरेको थियो । त्यसबेला हिमालको उचाई नाप्ने आधुनिक प्रविधि नभएकाले त्यसलाई लगभग अनुमानकै रुपमा लिइएको थियो ।

 

त्यसबेला सगरमाथाको नाम माउण्ट एभरेस्ट भन्ने थिएन । विश्वमा यो हिमाललाई शिखर नम्बर १५ का रुपमा चिनिन्थ्यो । सगरमाथाभन्दा कञ्चनजंगा हिमाल अग्लो छ भन्ने मान्यता थियो । मकालुलाई पनि पनि त्यसबेला यसैको हाराहारीको मानिन्थ्यो । तिब्बतीहरुले सगरमाथालाई चोमोलुङमा भन्ने गर्थे भने नेपालमा कतिपयले गौरीशंकरसमेत भन्ने गरेका थिए । तर, यसको नाम सगरमाथा राख्ने श्रेय इतिहासकार बाबुराम आचार्यलाई जान्छ ।

 

सन् १९४९ देखि १९५२ सम्म लगाएर इस्ट इण्डिया कम्पनीका डाइरेक्टर जनरल इञ्जिनियर जर्ज एभरेष्टले सगरमाथाको उचाई मापन गरे र सगरमाथाको उचाई ८८४० मीटर रहेको तथ्य पेश गरे । उनै जर्ज एभरेष्टका नाममा विश्वभर सगरमाथाको नाम माउण्ट एभरेष्ट रहन गएको छ ।

 

यसैवीच सन् १९५४ मा भारतले फेरि सगरमाथाको सर्बे गर्‍यो । पीएल गुलाटीले करिब दुई वर्ष, अर्थात १९५६ सम्म लगाएर गरेको उक्त सर्वेलाई गुलाटी सर्वे भनिन्छ । गुलाटी सर्वेले सगरमाथाको उचाई ८८४८ रहेको निश्कर्ष निकाल्यो । नेपालले अहिले गुलाटी सर्वेकै उचाईलाई नै मान्यता दिँदै आएको छ ।

 

त्यसैगरी चीनले सन् १९७५ मा सगरमाथाको उचाई मापन गरेको थियो । उसले सगरमाथाको उचाई ८८४८। १३ मिटर रहेको निश्कर्ष निकालेको थियो । तर, सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा भने सगरमाथाको उचाई ८८४४। ४३ मात्र रहेको रिपोर्ट दिइयो । चीनको यो रिपोर्टलाई नेपाल सरकारले अस्वीकार गर्दै आएको छ ।

 

सन् १९९२ मा पाकिस्तानको केटु हिमाल मापन गर्ने इटालियन प्राविधिक टोलीले सगरमाथाको उचाई मापन गरेको थियो, जसमा ८८४८। ६५ मीटर उचाई देखाइएको थियो । त्यस्तै नेशनल जियोग्राफीका प्रोफेसर ब्राड वासबर्नको अगुवाईमा सन् १९९९ मा पनि सगरमाथाको उचाई लिइएको दाबी गरिएको छ । ब्राडको रिपोर्टमा सगरमाथाको उचाई ८८५० मिटर देखाइएको छ ।

 

यद्यपि व्यक्तिगत पहलमा हुँदै आएका त्यस्ता मापनले आधिकारिक मान्यता पाउने गरेका छैनन् ।

 

उचाई बढेको दाबी

भूकम्पपछि सगरमाथाको उचाई घटेको दाबी अन्तराष्ट्रिय क्षेत्रमा सुनिएता पनि त्यो सत्य नभएको नापी विभागका प्राविधिकहरुको छ । सगरमाथाको उचाई घटेको छैन भन्ने दाबीका पछाडि केही आधार रहेको सूत्रहरुको दाबी छ ।

 

टेथिस सागर मासिएर बनेको हिमायल क्षेत्र तिब्बती प्लेटसँगको टक्करले निरन्तर अग्लिँदै गइरहेको आम मान्यता भूगर्भशास्त्रीहरुको छ । यही कारणले सगरमाथाको उचाई प्रतिवर्ष दुई सेन्टिमिटरसम्म बढ्ने दाबी गरिँदै आएको छ । र, यही कारणले सगरमाथाको उचाई बढेको हुन सक्ने सरोकारावालाहरु बताउँछन् ।

 

भूकम्पपछि सगरमाथाको उचाइ घटेको कतिपयको दाबीलाई नै स्वीकार गर्ने हो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिचान मेटिने सम्भावना भने छैन । सगरमाथाको उचाई दुईरचार मिटर तलमाथि हुँदैमा नेपाललाई केही फरक पर्दैन । किनभने, संसारको दोस्रो अग्लो हिमालका रुपमा परिचित पाकिस्तानको के(२ हिमालको उचाइ ८६११ मिटर मात्रै छ ।

 

अन्तिम नतिजाअघि भारतबाट ‘लाइन’ चाहिने

सगरमाथा पुनस्मान अभियान सुरु गर्दै गर्दा नापी विभागले गत हिउँदमा एउटा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा विभागले विज्ञहरू माझ आफूले प्रयोग गर्न लागेको पुनस् मापन विधिकाबारे प्रस्तुति दिएको थियो ।

 

प्रस्तुतिमा नेपालको सिराहाको माडरबाट उचाइ नाप्दै आउने प्रस्ताव गरिएको थियो । तर सम्मेलनका सहभागीहरूले २०७२ सालको भूकम्पका कारण सिराहामा रहेको ‘जियोडिजिक पोइन्ट’ सरेको र त्यसका कारण त्यहाँबाट मापन गर्दा होस पुर्‍याउनु पर्ने बताएका थिए ।

 

भारतबाट आएका विज्ञहरूले सीमा पारी रहेको जयनगरसम्म आफूले समुन्द्र तटदेखिको उचाई मापन गरिसकेकाले त्यहि विन्दुबाट नेपालले पनि सगरमाथाको उचाइ मापन गर्न सक्ने बताएका थिए ।

 

विभागका अनुसार नेपालतर्फको सबै मापन कार्य सम्पन्न भएपछि भारतबाट माडरसम्मको उचाइ नापिनेछ र त्यही आधारमा सबै नापहरू समायोजन गरिनेछ । यो विषयमा भारतसित सैद्दान्तिक सहमति भइसकेको अधिकारीहरू बताउँछन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७५ भदौ १ शुक्रबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus