महोत्तरीबाट शसस्त्र प्रहरीले १ किलो बढी चाँदी समाते 

२०७५ भदौ १ शुक्रबार
दिउसो २:१९ बजे
बाबु प्रेम यदुवन्शी 

महोत्तरीमा शसस्त्र प्रहरीले एक किलो १८८.९० ग्राम तौल भएको चाँदीका साना साना वालाहरु समातेर भन्सार कार्यालयमा बुझाएको छ । 


शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीको चेकप्वाईन्टमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई देखेर झोला छोडी भागेका पैदल यात्रीको झोला चेक गर्दा उक्त परिमाणको चाँदीका हातमा लगाउने साना वालाहरु  फेला परेको हो । 

 

समातिएको चाँदीका उक्त वालाहरु महोत्तरी सुन चाँदी व्यवसायी संघको सहयोगमा प्रमाणित गराई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ । चाँदी बुधवार नै समातिएपनि विहिवार साझमात्र प्रमाणिकरण गरि भन्सारमा बुझाईएको हो ।

 

 उक्त चाँदीका गहनाको मोल ७३ हजार ९६६ मुल्याँकन गरिएको छ । 

 

यता जलेश्वर भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले नेपालबाट चाँदीको दाना भारत जाने गरेको र भारतबाट चाँदीका गहना त्यही दाना बनाउन आउने गरेकोले पक्राउ परेको गहना समेत भारतबाटै ल्याईरहेको भएपनि सुरक्षाकर्मीलाई देखेर पैदलयात्री भारततिर भागेको हुनु पर्ने बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७५ भदौ १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }