हुलाकी राजमार्गको लागि भारतद्धारा ४ सय ७० मिलियन रुपैयाँ सहयोग

२०७५ श्रावण ३० बुधबार
बिहान ११:२७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३० साउन ।
 हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारत सरकारले ४ सय ७० मिलियन नेपाली रुपैयाँ प्रदान गरेको छ ।


नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई मंगलबार सिंहदरबारमा सो मूल्यबराबरको चेक हस्तान्तरण गरेका छन् । 

 

उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ ओटा निर्माणधिन सडकहरुका लागि आवश्यक कोषको तरलता कायम गर्नका लागि प्रदान गरिएको भारतीय राजदूतावासले जनाएको छ । 

 

यससँगै भारत सरकारले नेपाल सरकारलाई हुलाकी राजमार्ग आयोजनाका १४ ओटा सडकहरु अन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माण कार्यका लागि नेरु ८ विलियन अनुदान प्रदान गर्ने प्रतिबद्धता अनुरुप नेरु २.३५ विलियन प्रदान गरिसकेको छ । 

 

प्याकेज १ अन्तर्गतका दुइ सडकहरु (क) धनगढी–भजनीया–सत्ती सडक र (ख) लम्की–टिकापुर–खक्रौला सडकको निर्माण कार्य भारत सरकारको नेरु १।०२ विलियन अनुदान मार्फत सम्पन्न भइसकेको छ । यी सडकहरुको भाद्र ३, २०७४ मा उद्घाटन भएको थियो । 

 

सन् १९५० देखि भारत सरकारले बहुक्षेत्रीय र बहुमुखी भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारहरुको विकासका लागि सहयोग गर्दै आइरहेको छ ।

 


साभार : मधेसवानीडटकम
अरिजनल लिँक : http://madheshvani.com/details/23392/madhesh-update#.W3O1HWF3t8Q.facebook

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus