विरोधमा उत्रे मिर्चैयाबासी, ८ बुँदे मागसहित नपामा ज्ञापन–पत्र, आलटाल गरे आन्दोलको चेतावनी

२०७५ श्रावण २९ मंगलबार
बेलुकी ५:२७ बजे

न्यूज ब्यूरो |

सिरहा, २९ साउन । सिरहाको मिर्चैया नगरपालिकामा मनोमानी तवरले विभिन्न शीर्षकमा लागु तथा सर्वसाधारणलाई ढाँड सेक्ने गरी बढाइएको कर र अपारदर्शिता विरुद्ध मिर्चैया उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले नरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् ।

 

मनोमानी वृद्धि गरिएको कर र विकास निर्माणमा अपारदर्शिता र अनियमितता भएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ, स्थानीय विभिन्न राजनितिक दलका प्रतिनिधि र नागरिक समाजसहितले सूचनाको हक प्रयोग गर्दै विभिन्न ८ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकाको कार्यालयमा मंगलबार ज्ञापन–पत्र बुझाएका हुन् ।

 

हाल वृद्धि गरिएको कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगन हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात् मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईस्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट विभिन्न शिर्षकमा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडकबोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, बसाई सराईलगायतका सेवा निःशुल्क हुनुपर्ने, विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्नेलगायतका आठ बुँदे माग राख्दै ज्ञापन–पत्र बुझाएका छन् ।

 

ज्ञापन–पत्रमा सूचना उपलब्ध गराउन आजको मितिदेखि ३ दिन मात्रको समय रहेपनि मिर्चैैया नगरपालिकाका प्रशासकीय अधिकृतलाई पितृ शोक परेका कारण नगर प्रमुख श्रवण यादवले भने भदौ १५ गतेको समय लिएका छन् । निर्धारित समयभित्र सम्बन्धित सम्पूर्ण कागजातहरु उपलब्ध नगराइए सर्वपक्षीय संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलनमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

 

मिर्चैया नगरपालिकाको कार्यालयमा मंगलबार बुझाइएको ज्ञापन–पत्रमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, मिर्चैया उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय ब्यापारी, नागरिक समाजलगायतको हस्ताक्षर रहेको छ ।

 

यसैबीच, मंगलबार विहान मिर्चैया अद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संघीय नेपालको पहिलो स्थानीय सरकारले नगरपालिकाका अन्य दललाई वेवास्ता गर्दै लोकतान्त्रिक मुल्य मान्यतालाई मान मर्दन गरेको ठहर गरे । 

 

उनीहरुले नगर प्रमुख श्रवण यादवले मनोमानी काम गरेको, ब्यक्ति विषेशलाई काममा नियुक्त गरेको र सरकारी बजेटको व्यापक हिनामिना गरेको आरोप समेत लगाए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७५ श्रावण २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }