"मधेसी पुत्र-३" को लागि बलिवुडका किरण कुमार र मोहन जोशी मधेस आउँदै

२०७५ श्रावण २८ सोमबार
रति १०:०१ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
सप्तरी, २८ साउन ।
मधेसी पुत्र र मधेसी पुत्र २ को अपार सफलतापछि बन्न लागेको मधेसी पुत्र ३ को लागि बलिउड कलाकारहरु मधेश आउने भएका छन् । नेपालको मधेशमा निर्माण हुने मैथिली फिल्ममा अभिनय गर्न बलिउड कलाकारहरु मधेस आउने पक्कापक्की भएको छ ।

 

दर्जनौँ बढी बलिवुड फिल्ममा आफ्नो अभियनय मार्फत दर्शकलाई आफ्नो दिवाना बनाएका वरिष्ठ कलाकार किरण कुमार र मोहन जोशी  मधेशी पुत्र ३ फिल्ममा अभिनय गर्नका लागि  मधेश आउन लागेको फिल्मका निर्माता तथा निर्देशक निराजन मेहताले जानकारी दिए । 

 


मेहताका अनुसार आगामी दशैंबाट यो फिल्मको छायांकन प्रारम्भ गरिनेछ ।दशैंबाट छायांकन प्रारम्भ भए पनि मोहन जोशी र किरण कुमार दीपावलीसम्म यता आउनेछन् । 
मेहताले यसअघि मधेशी पुत्र र मधेशी पुत्र २ फिल्मको निर्माण सम्पन्न गरिसकेका छन् । 


उनले निर्माण गरेको मधेशी पुत्र २ फिल्म रिलिजमा नेपाल चलचित्र विकास बोर्डले रोक समेत लगाएको थियो । पछि केही दृश्य हटाइएपछि यो फिल्मलाई प्रदर्शनको अनुमति दिइएको थियो । मधेशी पुत्र २ फिल्ममा मधेशमा देखिएका समस्याहरुलाई उजागर गरिनेछ ।


 फिल्ममा बलिउड कलाकार मोहन जोशी वरिष्ठ समाजसेवीको भूमिकामा देखिनेछन भने किरण कुमार खलनायकको भूमिकामा देखापर्ने निर्देशक मेहताले बताए । मेहताले यसअघि निर्माण गरेको दुबै मधेशी पुत्र फिल्मले मधेशका साथै विदेशमा पनि चर्चा पाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७५ श्रावण २८ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus