• २०७५ पौष ४ गते, बुधबार
१२:५२ pm

धनुषाको लक्ष्मीनिया गापामा नेकपाले हाने ताला, हरहिसाब सार्वजनिक गर्न आलटाल गरेको आरोप

न्यूज ब्यूरो |

जनकपुरधाम,  २५ साउन । नेपाल कम्युनिष्ट पार्टीले धनुषाको लक्ष्मीनिया गाउँपालिकामा तालाबन्दी गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को हरहिसाब र नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि बनाएको योजना सार्वजनिक नगरी भ्रष्टाचार गरेको भन्दै नेकपाले शुक्रबार तालाबन्दी गरेको हो ।

 

नेकपाका धनुषा क्षेत्र नं. ४ का संयोजक भोला यादवको नेतृत्वमा स्थानीय युवा र साना किसान बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकाको वडा नं. १ देखि ७ सम्म गत आर्थिक वर्षमा विभिन्न शिर्षकमा गरेको काम, गाउँपालिकाको लागि खरिद गरेको स्काइभेटर र वडाध्यक्षहरुको लागि खरिद गरिएको मोटरसाईकल लगायतको खर्च पटक पटक सार्वजनिक गर्न माग गर्दा समेत नगरेकाले बाध्य भएर तालाबन्दी गरेको स्थानीय बासिन्दा समेत रहनुभएका युवासंघका प्रदेश सदस्य सम्भु साहले बताउनुभयो ।

 

एकसाता पहिला आफुहरुसंग हरहिसाब पारदर्शी गर्ने प्रतिवद्धता जनाएपनि गाउँपालिका अध्यक्ष विन्देश्वर यादव र प्रशासकीय अधिकृत सन्तोष मिश्र वेपत्ता भएको र व्यापक भ्रष्टाचार गरेकाले हरहिसाब सार्वजनिक गर्न आलटाल गरेको स्थानीय बासिन्दाको आरोप छ । तालाबन्दी कार्यक्रममा साना किसान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बबिता यादव लगायतको उपस्थिति रहेको थियो ।


:पत्रकार शैलेन्द्र क्रान्तिको सहयोगमा

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस