महेन्द्रनगर प्रहरीको प्रयासः मोबाईल पसलबाट चोरी भएको सामान ३६ घण्टामै खोजेर छाडे

२०७५ श्रावण २४ बिहीबार
रति ९:५७ बजे
विनय कुमार यादव

विनय कुमार यादव |
जनकपुरधाम, २४ साउन ।
धनुषाको महेन्द्रनगर स्थित मोबाईल पसलमा चोरी भएको सामान ३६ घण्टा भित्र बरामद गर्न सफल भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ क्षिरेश्वरचौकमा रहेको एस के मोबाइल सेल्स एण्ड सर्भिसीङ्ग सेन्टरमा मंगलबार राइत तल्चा फुटाई करिब १० लाख मोलबरावरको सरसमान चोरी भएको थियो । 

 

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने ताहिर नदाफ करिब १ वर्ष देखी क्षीरेश्वरचौक स्थित रहेको विशुनदेव साहको घरमा सटर भाडा लिई पसल संचालन गर्दै आएको थियो ।

 

जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत महेन्द्रनगरको मेन चौकमा चोरी हुनु प्रहरीको लागी पनि चुनैतीको विषय बनेको थियो । तर इलाका प्रहरी कर्यालय महेन्द्रनगरमा भरखर आएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा आफनो विशेष सुराकीको आधारमा ३६ घण्ट भित्र चोरेको समान बरामद गर्न सफल भएको छ । 

 

क्षि.न.पा ५ अन्तर्गत रहेको विष्णु ढुङ्गेलको घरमा भाडा लिएर विगत ५ महिना देखी बसीरहेको विरेन्द्र बहादुर थिङ्ग तमाङ्ग को छोरा अन्दाजी वर्ष २७ को सुनिल तमाङ्ग लगायतका व्यक्तिहरुले चोरी गरेको प्रहरीले जानकारी दिए । किनकी मंगलदिन चोरी भएको मोबाईलको समान तमाङ्ग बसीरहेको रुमबाट बरामद भएको छ । 

 

प्रहरी द्धारा बरामद गरेको समानहरुमा १ थान लाइपटोप, १ थान एल सी डी, २ पिस हार्डडिसक, २० पिस मोबाइल, २ थान स्पिकर लगायतका मोबाइलको समानहरु बरामद गरिएको छ भने चोरी गर्ने सुनिल तमाङ्ग लगातका व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ श्रावण २४ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus

} }