सिरहामा दिनदहाडै लुटियो २५ लाख ६० हजार

२०७५ श्रावण २४ बिहीबार
दिउसो ३:०४ बजे

न्यूज ब्यूरो |

सिरहा, २४ साउन । सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा पर्ने तीनगछिया नजिकै बिहिवार दिउँसो १२ बजेको समयमा लुटेरा समूहले दिनदहाडै २५ लाख ६० हजार रुपैयाँ लुटेका छन् । 

 

कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजारमा राजाराम सब मनि ट्रान्सफर सञ्चालन गर्दै आएका राजाराम साहले मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट लैजाँदै गरेको रु. २५ लाख ६० हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात लुटेराहरूले मिर्चैया–कल्याणपुर सडकखण्डको तीनगछिया नजिकैबाट सो रकम लुटेर भागेका हुन् ।

 

बैंकबाट रकम लिएर मनि ट्रान्सफरतर्फ मोटरसाईकलमा जाँदै गर्दा दुईवटा मोटरसाइकलमा आएका चारजना नकाबधारीले ओभरटेक गरी रकमसहितको झोला लुटेर भागेको पीडितको भनाइलाई उधृत गर्दै ईप्रका मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताए ।

 

लुटेरा समुहको खोजी भईरहेको पनि प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ श्रावण २४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus