सिरहाः बाबातालमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला 

२०७५ श्रावण २४ बिहीबार
बिहान ११:१४ बजे

न्यूज ब्यूरो |

सिरहा, २४ साउन । सिरहामा एकाबिहानै एक महिलाको शव फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका–१ बाबातालस्थित सडकको छेउमा रहेको पानीमा बिहिवार एकजना महिलाको फेला परेको हो ।

 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार बिहीबार बिहान करिब साढे ७ बजेको समयमा बाबातालस्थित सडकको छेउमा रहेको पानीमा स्थानीयहरुले सो महिलाको शव बेवारिसे अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको थियो ।

 

सो ठाउँमा प्रहरीको टोली पुगेर मृतकको शव ईप्रका मिर्चैयामा ल्याएर राखिएको छ । शव परीक्षणका लागि लहान लैजाने तयारी भइरहेको डिएसपी शाहले बताए ।

 

मृतक महिलाको पहिचान भने हुन नसकेको र अन्दाजी करिब ३०–३५ वर्षकी रहेको ईप्रका मिर्चैयाले जानकारी दिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको ईप्रका मिर्चैयाका डिएसपी शाहले बताउनुभयो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७५ श्रावण २४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus