• २०७५ कार्तिक २ गते, शुक्रबार
०३:४० am

भारतमा तेलबाट पोलिएका धनुषाका पासमानलाई अपन मिथिला सेवा समाजले गरे उद्धार 

न्यूज ब्यूरो |

भारत, २२ साउन । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् ।

 

बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, मलेसिया, भारतलगायत अन्य देशहरुमा छरिएर रहेका युवाहरु विपत परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएको छ । 

 

यसैक्रममा अपन मिथिला सेवा समाज भारत शाखाले भारतको चेन्नईमा धनुषाको चोरा कयलपुर निवासी अमरेन्द्र पासमानलाई समेत आर्थिक सहयोग गरेर उद्धार गरेका छन् ।

 

रोजगारीको शिलशिलामा भारत गएका पासमान विगत ६ महिनादेखि चैन्नईस्थित एक होटलमा काम गर्दै आएका थिए । पासमान कार्यरत होटलमा काम गरिरहेका बेला तातिएको तेलले उनको शरिर पोलेको छ ।

 

होटल मालिकले उपचारका लागि पासमानलाई कुनै प्रकारको पहल नगरेपछि अपन मिथिला सेवा समाज भारत शाखाका कोषाध्यक्ष बिनोद पासमान र सदस्य जित कुमार पासमानको पहलमा उनलाई स्वदेश फिर्न टिकट सहित आर्थिक सहयोग समेत गरिएको छ । समाजले पासमानलार्ई ६ हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

 

आर्थिक सहयोग सहित भौतिक सहयोग पाएपछि पासमान खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरे । 

 

विपत्तिमा परेका नेपालीहरुलाई सहयोगकै लागि यो सँस्था गठन गरिएको समाजका अभियन्ता प्रमोद पासमानले न्यूज ब्यूरोसँग भने । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस