महोेत्तरीमा वडाध्यक्ष र गापाध्यक्षको विरोधमा स्थानीयले सडकमै रोपे धान 

२०७५ श्रावण २२ मंगलबार
बिहान ०८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

बाबु प्रेम यदुवन्शी |

महोत्तरी, २२ साउन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा वडाध्यक्ष सेक महसुद अल्म र गापाध्यक्षको विरोध गर्दै पुर्व वडाध्यक्ष र गाउँलेहरु सोमबार सडकमै धान रोपेका छन् ।


पुर्व वडा अध्यक्ष सेक अनवारुल हक र गाउँलेहरु वडा अध्यक्ष र स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप सम्सी गाउँपालिका वडा २ प्रसादेवाडमा सडकमै धान रोपेका हुन् । मेयर र वडा अध्यक्षले बिकासको कामकाजमा शुस्त गरेको कारण सडक हिलाम्य भएका छन् ।

 

गाउँको मेन बाटो छोडेर गाउँभन्दा बहिरको बाटो बनाउनेतर्फ लागिएको हुनाले गाउँमा हिँड्न एकदमै अप्ठ्यारो भएको, पूरै सडक हिलाम्य भएको, बिजुली, सोलार नभएको पुर्व वडा अध्यक्ष सेक अनवारुल आल्म र गाउँलेहरु बताए ।

 

एकीकृत विकास परियोजना अन्तर्गत निर्माण भइरहेका सडक पूर्ण नभएर जताततै हिलैहिलो भएका कारण सांकेतिक रूपमा विरोध जनाइएको छ । तत्कालै समस्या पहिचान गरी समाधान नगरे वडा कार्यालय र गाउँपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत दिए ।

 

पुर्व वडा अध्यक्ष सेक अनवारुल आल्मसहित गाउँले, विद्यार्थी, महिला, युवा लगायतकाले सडकमै धान रोपाइ गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७५ श्रावण २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus