• २०७५ कार्तिक १ गते, बिहीबार
०८:१२ am

जनकपुरमा भोट गन्ती दोबारा हुने भएपछि मच्चियो तहल्का 


न्यूज ब्यूरो |
जनकपुधाम, २० साउन ।
 निर्वाचन भएको १० महिनापछि जनकपुर उपमहानगरपालिका वडा नम्बर १९, वेंगाशिवपुरको मतगणना पुनः हुने भएको छ ।


स्थानीय तहको निर्वाचनपश्चात भएको मतगणनामा धाँधली भएको भन्दै परेको मुद्दामा उच्च अदालत जनकपुरले पुनः मतगणनाको आदेश दिएको हो ।

 

उच्च अदालतका न्यायधीश डा. रवि शर्मा अर्यालको एकल इजलासले भदौ २६ गते बिहान ११ बजे मतगणना दोहर्‍याउन आदेश दिएको हो ।


 मतगणनामा निर्वाचन प्रमुखले धाँधली गरेको भन्दै तत्कालीन नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार  विनोदकुमार साहले जिल्ला निर्वाचन कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए ।


जनकपुरधाम उपमहानगरपालिका–१९ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका जगदीश यादव सात सय ८७ मत ल्याएर विजयी भएका थिए । 

 

निकटतम प्रतिद्धन्द्धी साहले ७ सय ८१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको थियो । आफूलाई पराजित गर्न मतगणना अधिकारीहरुले सातवटा मतपत्र लुकाएको साहको दाबी थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस