सँचारकर्मी सिँहको समर्थनमा स्थानीय प्रशासन विरुद्ध उत्रे युवाहरु

२०७५ श्रावण १९ शनिबार
बिहान ०९:२९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १९ साउन ।
ज्यान मार्ने उद्योगको मुद्दा चलाई प्रहरी थुनुवामा राखिएको धनुषाका सँचारकर्मी राजकमल सिँहको समर्थन गर्दै स्थानीय प्रशासन विरुद्ध युवाहरुले नारावाजी गरेका छन् ।

 

शुक्रवार साँझ जनकपुरको भानुचोकमा सँचारकर्मी सिँहलाई रिहाईको माग गर्दै केही युवाहरुले स्थानीय प्रशासन विरुद्ध चर्को नारावाजी गरेका छन् ।

सँचारकर्मी सिँहलाई धनुषा प्रहरीले झुठो मुद्दा लगाई निराधार पक्राउ गरी हिरासतमा राखिएको भन्दै तत्कालै रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

 

समृद्ध नेपालबाट आदित्य नेपाल, राजपाबाट किसन साह र नेपाली जनता दलबाट मुन्जय राउत सहितका दर्जनबढी युवाहरुले स्थानीय प्रशासन विरुद्ध सडक तताएका थिए । 

न्यूज २४ का धनुषा सँवाददाता समेत रहेका सँचारकर्मी सिँहलाई राजनीतिक दबाब र प्रभावमा परी जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरी थुनुवा राख्दै ज्यान मार्ने उद्योगको झूठो मुद्दा चलाएको ठहर उनीहरुले गरेका छन् ।

 

यसका साथै, थुनुवामा रहेको सँचारकर्मी सिँहलाई तत्कालै रिहाई नगरे जनकपुरमा आगो बाल्ने चेतावनी युवाहरुले दिएका छन् ।

 

सँचारकर्मी सिँहलाई गत १६ गते साउनको जनकपुरको मुरलीचोकबाट पक्राउ गरी जिल्ला प्रहरीक कार्यालय धनुषा मार्फत ज्यान मार्ने उद्योगको मुद्दा दायर गर्दै धनुषा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको होे । 

 

जुन मुद्दामा सिँहलाई हिरासत गरिएको छ उक्त मुद्दामा अनुसन्धानकै क्रममा ९ महिना अघि नै सिँह सफाई पाईसकेको बताइन्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७५ श्रावण १९ शनिबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus