• २०७५ पौष ४ गते, बुधबार
१२:५१ pm

जलेश्वर नगरपालिकाको विकासका लागि प्रधानमन्त्रीलाई  गुहार


बाबु प्रेम यदुवन्शी |
महोत्तरी, १९ साउन ।
महोत्तरीमा नगर अस्तव्यस्त भएको र विकास रोकिएको भन्दै  स्थानियहरुले सिधै प्रधानमन्त्री गुहारेका छन ।


 जिल्लाकै सदरमुकाम समेत रहेको  जलेश्वर नगरपालिका स्थित सडकहरुमा खाल्डो तथा पानी परेर दैनिक आवत जावत देखि अन्य विभिन्न समस्याहरु आईहरेको र वर्तमानमा विकासको नाममा कुनै पनि कार्य नगरवासीले महसुस गर्न नसकेको भन्दै स्थानियहरुले देशको प्रधानमन्त्रीलाई नै गुहार्न वाध्य भएका हुन ।


विहिवार नगरवासी जिल्ला प्रसासन कार्यालय महोत्तरी र जलेश्वर नगरपालिका कार्यालय जलेश्वरलाई वोधार्थ गर्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन ।


 ज्ञापनपत्रमा नेपाल सरकारबाट सहिद घोषणा गरिएका सहिदहरुको नाम भजाउदै र मधेश मधेशीको नारा लगाउदै निर्वाचित भएका जनप्रतिनिधीहरुले अझै कुनै विकास नगरि सर्वसाधारणको भावना र मर्मसंग खेलवाड गरेर सदरमुकामलाई राहत पुग्ने गरि कुनै पनि विकास नगरेको आरोप लगाए ।


जनप्रतिनिधी आएपछि सरसफाई,सडक व्यवस्थापन,विजुली वत्ती,खानेपानी,स्वास्थ्य,शिक्षा,कृषी लगायतका आधारभुत आवश्यक्ताहरु सहजै जनता समक्ष पुग्ने विश्वास आफुहरुको रहेपनि सो नभएको ज्ञापनपत्रमा उल्लेख छ । 


यता दैनिक गुजारा चलाउन बजारमा खाद्यान्न र तरकारी खरिद गर्न आउने आम उपभोक्ताहरु बाटोघाटोको दुरावस्थाका कारण सहजै नगरभित्र हिडडुल गर्न सक्ने स्थिति नरहेको र यसले सवैभन्दा वढी वालवालिका र वृद्ध प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ । 


वालवालिकाहरु विद्यालय जाने क्रममा नगर क्षेत्र भित्र खाल्डै खाल्डाले भरिएको सडकमा चिप्लीएर जुन सुकै वेला दुर्घटनामा पर्न सक्ने र चोटपटक लाग्न सक्ने तथा सदरमुकाम मै रहेको जिल्ला अस्पतालसम्मै पुग्ने मुख्य तथा सहायक सडकहरु समेत पैदल हिडने अवस्था समेत नभएकोले तत्काल नगरको विकासको लागि केन्द्रवाटै पहल गर्न आग्रह गरिएको छ ।


“हामीले नगरप्रमुखलाई भेरेरै र विभिन्न समय समेत नगरको विकासको लागि आग्रह गर्यौ तर उनी विकास भन्दा पनि पार्टी मोहमै लिप्त भए र नगरको विकास लथालिंग भएर नै प्रधानमन्त्रीलाई गुहार्न वाध्य भयौ ।”

 

 स्थानिय शिवचन्द्र चौधरीले बताए । नगरभित्रकै सडकहरुमा जथाभावी फोहोर फालिएको छाडा चौपायाहरु निर्वाध रुपमा सडक जामै हुने गरि वस्ने गरेको लगायतका विभिन्न समस्याहरु भएपनि जनप्रतिनिधीले त्यसता समस्याको समाधानको लागि कुनै पहल नगरेको उनले आरोप लगाए ।

 

सडकमै रहेको चौपायाहरुले समेत समय समयमा स्थानियहरुलाई घाईते बनाउने गरेकोले तत्काल त्यसता समस्या समाधान आवश्यक रहेको उनले बताए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस