• २०७५ भदौ ६ गते, बुधबार
०१:१० pm

धनुषामा अर्गानिक खेती सम्बन्धि दुई दिने कार्यक्रम


विनय कुमार यादव |
जनकपुरधाम, १८ साउन ।
धनुषामा अर्गानिक खेती सम्बन्धि दुई दिने चेतनामूलक कार्यक्रम सुरु भएको छ । 

 

अनुकुल बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा धनुषाधाम नगरपालिकाको मूलाबारी भिमान धारापानीमा आयोजना गरिएको हो । 


सँस्थाका अध्यक्ष रामललित साहको अध्यक्षतामा सँचालित भएको उक्त दुई दिने चेतनामूलक कार्यक्रममा स्थानीय स्तरमै अर्गानिक खेतीको बारेमा स्थानीय किसानहरुलाई जानकारी उपर प्रकाश पारिने जनाइएको छ । 

 

बुढु प्राराङगारिक मल उद्योग धनुषाबाट राकेश चौधरी  तथा लक्ष्मी वायो ईनर्जीको तर्फबाट कृषि अनुसन्धानकर्ता दिनेश साहको उपस्थिति रहेको थियो भने अतिथिको रुपमा स्थानीय किसुन यादव र राम शरण दासको विशेष उपस्थितिमा कार्यक्रमको उद्घाटना गरिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस