सँचारकर्मी सिंह हिरासत भित्रै बसे आमरण अनसन 

२०७५ श्रावण १८ शुक्रबार
दिउसो ३:५७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १८ साउन ।
 ज्यान मार्ने उद्योग मुद्दा लगाएको भन्दै धनुषाका सँचारकर्मी राजकमल सिंहले जिल्ला प्रहरी कार्यालय को हिरासत भित्र नै आमरण अनसन सुरु गरेका छन ।


कुनै घटनामा आफ्नो सँलग्नता नभएको तथा लगाइएको ज्यान मार्ने उद्योगको मुद्दामा नाम पोली राजनितिकरण गरी फँसाएको भन्दै मुद्दा खारेजीको माग गर्दै अनसन सुरू गरेका हुन ।


 गत वर्ष मँसिरमा प्रतिनीधि सभा चुनावको बेला जनकपुरधामको भानुचोकदेखि वकिल टोल जाने बाटोमा दुई युवा सवार मोटरसाईकल दुर्घटना परी एकको ज्यान गएको तथ्य आएको थियो । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले समेत मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको बताएका थिए भने करिब ९ महिनापछि सँचारकर्मी सिँह उपर ज्यान मार्ने उद्योगको मुद्दा दायर गरिएको हो |

 

साउन १६ गते सिँह उपर ज्यान मार्ने उद्योगको मुद्दा दायर गरी हिरासतमा राखिएको छ भने सिँहले जबरदस्ती फँसाउन खोजेको भन्दै मुद्दा खारेजीको लागि हिरासतभित्रै आमरण अनसन बसेका छन् ।

 

यसअघि सिँह उपर जनकपुरधामको मुरलीचोकमा केही युवाहरुको समूहले कुटपिट गर्दै एक बालिका उपर यौन शोषणको कुरा उठाएपनि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका हुन् ।

 

सिँहको मुद्दालाई म्याद थप गरी जिल्ला अदालत धनुषामा चढाएका हुन । यता, सँचारकर्मी सिँहलाई राजनीतिक दबाबले फँसाउन खोजेको भन्दै टिकाटिप्पणीहरु समाजिक सञ्जालमा भइरहेको देखिएको छ । मुद्दाबारे थप अनुसन्धान समेत गरिरहेको प्रहरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ श्रावण १८ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus