• २०७५ कार्तिक १ गते, बिहीबार
०८:१३ am

सउदी अरेबियाबाट धनुषाका तीन युवाहरुको एनआरएनले गरे उद्धार


न्यूज ब्यूरो |
सउदी, १८ साउन ।
 खाडी मूलूक सउदी अरेबियामा वैदेशिक रोजगारीमा रहेका धनुषाका ३ युवाहरुलाई उद्धार गरिएको छ । 

काठमाडौंको गौशाला स्थिति केएसए ईन्टरनेस्नल ग्रुप प्रा. लि. बाट एक वर्ष अघि नै साउदी अरबको ताबुकमा गाडी मेकानिक भिसामा गई बिना तलब बाख्रा गोठ तथा आस्तारा ५ मजरामा काम गर्न बाध्य बनाइएका उनीहरुलाई उद्धार गरिएको हो । 


सबैला नगरपालिका वडा नं. ६ रघुनाथपुर, धनुषाधामका मोहम्मद अब्दुल्ला र जनकपुर उप महानगरपालिका वडा नं. १२ का मोहम्मद अताउर रहमानलाई गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक द्वारा उद्दार गरीएको हो।


पीडितहरुले एनआरएनए साउदी अरबको एघारौं वार्षिकोत्सब तथा आरसिसी ताबुकको चौथो वार्षिकोत्सबको अवसरमा ताबुकमा संयुक्त रुपमा भएको समारोह अन्तर्गत श्रमिक समस्या छलफल तथा समिक्षा कार्यक्रममा आफ्नो पिडा पोखेका थिए।


बिगत १५ दिन अघि बाटोमा रात बिताउन बाध्य पिडितलाइ आरसिसी ताबुक सदस्य श्याम कुमार साफी तथा उपाध्यक्ष राम शरण खातीले गास तथा बासको ब्यवस्था गरेका थिए । 


एन सी सी साउदी उपाध्यक्ष भक्त हमालको विशेष पहलमा लेबर कोर्टमा सम्बन्धित कपिल सग मोहम्मद अताउरलाइ एक महिना पछि र मोहम्मद अब्दुल्लालाइ जुलाई ३० तारिक घर फिर्ता पठाउने सम्झौता भएको थियो । 


सो सम्झौता भए सगै एनआरएनए आरसिसि ताबुकले टिकट तथा बाटोखर्चको ब्यवस्था मिलाइ जुलाइ ३० तारिक साझ ६स्४० को फ्लाइ दुबई बाट नेपाल पठाएको छ ।

 

निज पिडित मोहम्मद अब्दुल्लाले खुशी हुदै एनआरएनएले आफुलाइ ठुलो गुण लगाएको र एउटा नयाँ जिवन लिइ नेपाल फर्कदै गरेको कुरा बताए भने अर्का पिडित मोहम्मद अताउर रहमान पनि एनआरएनए ताबुकको प्रत्यक्ष निगरानी तथा फलोअपमा रहेको सउदीबाट सहकर्मी श्याम कुमार साफीले न्यूज ब्यूरोलाई जानकारी गराए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस