एचए छात्रवृति परीक्षा काण्ड : दोषीलाई कारवाहीको लागि नेविसंघको धर्ना

२०७५ श्रावण १७ बिहीबार
बेलुकी ५:४० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १७ साउन ।
गत साउन १२ गते शनिबार एचए छात्रवृति परीक्षामा जनकपुरको संकटमोचन केन्द्रबाट परीक्षा अगावै प्रश्नपत्र आउट भएको घटनाप्रति नेविसंघ धनुषाले सक्रियता बढाएको छ । 

 

एचए छात्रवृतिको लागि भएको परीक्षामा उक्त केन्द्रबाट सिटीईभिटी, केन्द्राध्यक्षको समेत संलग्नतामा प्रश्नपत्र आउट भएको भन्दै दोषीलाई कारवाहीको लागि माग गरेका छन् ।

नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रको नेतृत्वमा नेविसंघ धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी दोषीलाई कारवाहीको माग गर्दै धर्ना बसेका हुन् ।

 

केन्द्रमै रहेको सिसिटीभी क्यामेराको फुटेज अनुसार दोषी छान्न प्रसस्त प्रमाणको आधार रहेको भन्दै यदि दोषी उपर कारवाही नगरिए कडा संघर्ष र आन्दोलनको चेतावनी समेत दिएका छन् ।

 

नेविंघ धनुषाका अध्यक्ष मिश्रले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाही नगरे आन्दोलन पश्चात हुने क्षतिको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने जनाएका छन् ।

 

गरिब, दलित, जेहेन्दार विद्यार्थीसँग अन्याय सहन नहुने भन्दै प्रशासनलाई दबाब स्वरुप धर्ना जिप्रका धनुषा अगाडी धर्ना दिएका हुन् ।

प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि  सिटीईभिटीका छानबिन टोली जनकपुर आएर छानबिन गर्दैछन् ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७५ श्रावण १७ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus