• २०७५ कार्तिक १ गते, बिहीबार
०९:४४ am

दर्जनौँ गाडीको लस्करमा राज्यमन्त्री डिम्पल झाले हानिन फिल्मी स्टाइलमा ईन्ट्री !

ज्यूज ब्यूरो |

जनकपुरधाम, १७ साउन । प्रदेश सरकारको राज्यमन्त्रीको स्वागतमा ८०–८५ जीपसहित भारतीय गाडीको लश्कर देखिएको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर, २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री डा. डिम्पल झाको स्वागतमा गृहजिल्लामा धेरै जीप देखिएका छन् ।

 

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा राज्यमन्त्रीको स्वागतमा प्रयोग भएका गाडीको लस्कर अगाडि बढिरहेको देखिएको छ ।

 

उक्त भिडियोमा तीन मिनेटसम्म दक्षिण भारतीय फिल्मको झल्को दिनेगरी स्कारपियोका गाडीहरू छन् । जुन, मन्त्री झाका कार्यकर्तालगायतको रहेको बताइन्छ । राजपा नेपालकी नेत्रीसमेत रहेकी राज्यमन्त्री झालाई गृहजिल्लामा भव्य स्वागत र सम्मान गरिएको छ । 

 

राज्यमन्त्री भएपछि मंगलवार पहिलो पटक गृहगाउँ रौतहटको मत्सरी पुग्दा करीब ८० देखि ८५ वटा गाडी सहितको लावालश्कर उनको स्वागतमा कुदेको थियो ।

 

लावालश्करमा रहेका जिल्ला समन्वय समिति धनुषाका प्रदेश राज्यमन्त्रीको स्वागतमा भारतीय गाडीको लश्कर, ८०–८५ जीपको प्रयोग उपप्रमुख दीपककुमार झाले जनकपुरदेखि रौतहटको मत्सरी पुग्न ३ घण्टा मात्र समय लाग्ने भएपनि बाटोमा भव्य स्वागत र सम्मान गरिएका कारण ६ घण्टा लागेको बताए । 

 

रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म उनको स्वागतमा ठाउँ– ठाउँमा स्वागतद्वार समेत बनाइएको थियो । सर्लाही र रौतहटको सीमा पर्ने वाग्मती नदी कटेपछि मन्त्री झालाई स्वागत गर्न जिल्लाका विभिन्न स्थानीय तहका निर्वा्िचत प्रतिनिधि र नेता आएका थिए । वडाका जनप्रतिनिधि देखि मेयर, उप–मेयर, विभिन्न तहमा कार्यरत पार्टीका नेता तथा कार्यकर्तामध्ये अधिकांश भारतीय नम्बर प्लेटका सवारीसाधनमा स्वागत गर्न पुगेका थिए ।

 

मत्सरी गाउँको दुर्गा मन्दिरमा पूजा गरेपछि रौतहटको सदरमुकाम गौरमा राजपा नेपालको पार्टी कार्यालयमा उनलाई स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो ।

 

उनीसँगै उनका पति तथा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा समेत उपस्थित थिए । अनिल झा अहिले प्रतिनिधिसभा सदस्य छन् । राज्यमन्त्री झा राजपा नेपालकी प्रवक्ता समेत हुन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस