• २०७५ भदौ ६ गते, बुधबार
०१:१० pm

प्रदेश साँसद यादवको अगुवाईमा पर्शुराम कुण्ड (तलाउ) मा महासफाई 


न्यूज ब्यूरो |
जनकपुरधाम, ११ साउन ।
जनकपुरधामका सफाई अभियानी एवम् प्रदेश नं. २ का प्रदेश साँसद राम अशिष यादवको अगुवाईमा पर्शुराम तलाउमा महासफाई गरिएको छ । 

 

ऐतिहासिक एमव् धार्मिक पवित्र सरोवरको रुपमा रहेको पर्शुराम कुण्ड (तलाउ) को सफाई अभियानको वार्षिकोत्सवको अवसरमा महासफाई कार्यक्रम सम्पन्न गरिएको हो । 

जनकपुरधामका वरिष्ठ समाजसेवी एवम् सफाईका महाअभियानी एवम् प्रदेश साँसद यादवको नेतृत्वमा उक्त महासफाई गरिएको हो । समाजसेवी यादवले ऐतिहासिक पर्शुराम कुण्ड सफाईको लागि अभियान चलाएका थिए । 

 

सुरु गरिएको साप्ताहिक अभियान अन्तर्गत प्रत्येक सप्ताह जनकपुरधामबाट यादवकै नेतृत्वमा सफाई अभियानीहरुको टोली गएर सरसफाई निरन्तर गर्दै आएको छ । पर्यटकीय हिसाबले मनोरम एवम् रमणीय बनाउको लागि सौन्दर्यीकरण समेत गर्न लागिएको पर्शुराम तलाउ कमलको फूलले ढकमक्क फूल्ने भएकोले प्रसिद्ध छ । 

 

प्रदेश नं. २ का प्रमुख सचिव राजेश्वर मान सिंह, उधोग, वन,पर्यटन तथा वातावरण मन्त्रालयका मेघनाथ काफ्ले , मेयर अनिल यादव मिथिला वाईल्ड लाईफ ट्रष्ठका देवनारायण मंडल सहित गंगासागर सफाई अभियानी , स्थानीयवासी युवाहरुको  मोटो सहभागितामा सफाई गरिएको थियो । 


एक वर्ष पूर्व आजकै दिन स्वच्छता अभियानी, समाजसेवी एवम् प्रदेश सभा साँसद यादवले पर्शुराम तलाउको साप्ताहिक सफाई अभियान सुरु गरिएको थियो । 

resized image

न्युज ब्युरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ | मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम- २, कदमचोक |फोन नं. +97741-420085 | ईमेल ठेगाना - Trinews45@gmail.com

प्रतिकृया दिनुहोस