• २०७५ पौष ४ गते, बुधबार
०१:४९ pm

“खेलकूद गहना होईन, गौरव हो ”


न्यूज ब्यूरो |
जनकपुरधाम,७ साउन ।
नेपाल सितोरियो कराँते संघको प्रदेश स्तरीय दिक्षान्त समारोह जनकपुरधाममा आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

 

 प्रदेश नं. २ का पूर्व सप्तरी देखि पर्सा साथै सिन्धुली र मनाङ्ग सहित १० जिल्लाका कराँते खेलाडीहरुको सहभागिता रहेका दीक्षान्त समारोहको जनकपुरधाम स्थित बवर्ड हाँलमा विधिवत रुपमा कार्यक्रम उद्घाटन गरिएको हो। 


कार्यक्रममा बोल्दै नेपाल कराँते महासंघका केन्द्रिय अध्यक्ष तावा गुरुङ्गले राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने एउटै डोरी भनेको खेलकूद भएको बताए ।


 यूवालाई खेलकूद प्रति अभिरुचि बढाउदै जानु तथा सवल, सक्षम र नेतृत्ववान बनाउन खेलकुद विकास अपरिहार्य रहेको बताए । उदघाटन समारोहमा प्रदेश सांसद रामअशिष यादवले भने,“ खेलकूद देशको गहना होईन, गौरव हो । 


पहिले पहिले गहना भनिन्थ्यो तर आज त्यो परिभाषा परिवर्तन भएको छ, गहना कहिले काँही मात्र लगाईन्छ, तर गौरव सधै आफैसंग बोकेर हिड्ने अलौकिक शक्ति भएकोले खुलकुद गहना नभई गौरव हो।” नेपाल सितोरिया कराँते संघका अध्यक्ष रामचन्द्र ठाकुरको अध्यक्षतामा भएको दिक्षान्त समारोहमा धनुषा जिल्ला खेलकूद विकास समितिका कमल चौरीले स्वागत मन्तव्य राखेका थिए । 


दीक्षान्त समारोह पाँच दिन चल्ने छ भने, १० जिल्ला झण्डै सय खेलाडीहरुको सहभागिता रहने कराँतेका प्रशिक्षक बीरेन्द्र कर्णले जानकारी दिए ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस