गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर 

२०७५ श्रावण ४ शुक्रबार
बिहान १०:२० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ४ साउन ।
मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले आफ्नो लागि नगरपालिकाको जनता र समस्याहरु प्राथमिकतामा रहेको बताएका छन् ।

 

न्यूज ब्यूरोसँगको सानो कुराकानीमा धनुषाको शहिदनगर नगरपालिकाका कान्छो मेयर बरबरियाले आफ्नो लागि विलासी गाडी किन्नु भन्दा पनि नगर भित्रको जनचाहना परिपूर्ति गर्ने चाहना र प्रमुख कार्यको सूचिमा सूचिकृत गरेको बताए । 

 

सवारी पनि आवश्यक नै हो, नगर भित्र घुम्नु पर्छ, आवत जावतको लागि सवारी अहिले आवश्यक हो, तर नगर विकासको लागि चाहिने अति आवश्यक समाग्री परिपूर्ति भएपछि मात्र त्यति बेला आफ्नो लागि सवारी किन्ने जायज ठान्दछु । उनले भने । 

 

समग्र प्रदेशमै स्थानीय तहमा विकासोन्मुख र विकासशील नगरपालिकाको रुपमा चिनिएको शहिदनगर नगरपालिकामा प्रथम आर्थिक वर्षमै ७० प्रतिशत विकासको अनूभूति दिन सफल भएको बताउँछन् । 

 

विभिन्न समयमा नगरको जन चाहना र जनभावनालाई कदर गर्दै तीव्र विकासको नमुना पेश गरेका मेयर बरबरियाले नगर विकासलाई थप बल प्रदान गर्न ट्रयाक्टर, ट्रिपर, जेसिबी समेत खरिद गरेका हुन् ।

 

स्थानीय तह सँचालन भएदेखि नै विकासमा लीन भएका कान्छो मेयर बरबरियाले नगरपालिकाको हरेक वडामा नयाँ प्याकेज सहित विकासको नमुना प्रदर्शन गरेको बताउँछन् ।

 

बर्षायाम भन्दा अघि नै विभिन्न ठाउँमा कलभर्ट, पूल निर्माण सम्पन्न गरेका छन् भने धार्मिक र आस्थाको केन्द्र मानिएको विभिन्न ठाउँमा जनचाहना र माग बमोजिम मठ मन्दिरको निर्माण कार्य समेत तीव्र पारेका छन् ।

 

उनले भने, "आफू सकेजति विकासको कार्यलाई तीव्र नै पारेका छौँ, सायद नै यो प्रदेशमा अन्य स्थानीय तहमा शहिदनगर भन्दा विकासको कार्य बढी भएको होला, कृषि क्षेत्रलाई आधुनिकीकरणको लागि गरिएको प्रयास प्रदेशमै प्रथम हो । जहाँ ९० प्रतिशत बढी नगरका जनता कृषिमा आश्रित भएका छन् उता कृषिलाई झन उजागर गर्ने उदेश्यले उच्च कोटीको प्याकेज ल्याएका छौँ ।" 

 

स्वास्थ्यको दृष्टिकोणले विभिन्न वडामा योग शिविर सँचालन गरेका छन् भने जडिबुटि प्रर्वद्धनको लागि समेत उत्तम कदम चालेको बताए ।


न्यूज ब्यूरोसँग उनले , अन्य नगरपालिकामा सवारी विवाद, गाडी विवाद भईरहँदा आफूलाई तुरुन्तै विलासी गाडी किन्ने आवश्यकता देखिएको छैन , नगरको विकासलाई प्राथमिकता दिएका छौँ, यसपछि के हुन्छ, जनभावना के हुन्छ हेरमला । मैले जे गरेको छु त्यो सबैले देखेकै हुन, जनताले महसुस गरेकै हुन । अब राजनीतिक हिसाबले थोरबहुत विरोध हुनु पनि आवश्यक नै हो, सिक्ने मौका पाईन्छ । तर, विरोधको ठाउँमा विकासले नरम पारेकै छु । 

  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७५ श्रावण ४ शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus