• २०७५ कार्तिक २ गते, शुक्रबार
०४:५६ am

वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए

न्यूज ब्यूरो |

सिरहा, ३ साउन । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । वरियारपट्टी क्षेत्रमा तस्करी धन्दा बढाएको भन्दै भन्सार कर्मचारीसँग सुखिपुर ८ निवासी जीवछी पुर्वेले कुरा गर्दै गरेको अवस्थामा इन्स्पेक्टर खड्का आएर कुटपिट गर्न लगाएको हो । 

 

जीवछी पुर्वेलाई इन्स्पेक्टर खड्काको निर्देशनमा महिला प्रहरीले उनलाई तिर्घा, पिठ्यु र पेटमा लाठीले निर्घात कुटपिट गरेको छ । पीडित जीवछी पुर्वेले “लाईन खाएर समान भित्र्याउँछन्, हामी गरिबलाई दूई चार पोका सलाईको बट्टा ल्याउँन नदिने ? यो कस्तो न्याय हो ।” “त्यतिकैमा इन्स्पेक्टरको निर्देशनमा महिला प्रहरीले लाठी बजार्न थाल्यो ।” “ऋण लिएर उपचारमा छौ ।” पुर्वे गहभरी आँशु चुहाउंदै बताउँछिन् । 

 

घटना गत असार १३ गतेको हो । पुर्वेकी पतिले कान्छी ल्याएकोले उनी आफ्ना २ छोरा र एक छोरीको जीवन पाल्न स्थानीयहरुको कामकाजमा सहयोग गरेर दैनिकी चलाईरहेकी छिन् । 

 

कुटपिटबाट घाईते बनेकी पुर्वे २ हप्तादेखि उपचारमै थिइन् । अहिले न्यायको लागि उनी जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन गरेकी छिन् । उता, प्रशासनले छानविनको प्रक्रिया अगाडि बढाएको दावी गरेका छन् । 

 

उपचारको क्रममा ९ बोतल स्लाइन पानी लगाएको छ भने पीडित पुर्वे १० हजार ऋण लिएर आफ्नो उपचार गराइरहेकी छिन् । त्यसक्षेत्रमा इन्स्पेक्टर खड्काले दर्जनौ बिलेकियालाई लाईन दिएर दैनिक लाखौको राजस्व छली गरिरहेको श्रोतको दाबी छ । विलेकिया तथा तस्करहरुले भारतबाट राजनिवास, पेयपदार्थ, दाल, चिनी, खानेतेल, दुध, लागुऔषध भित्र्याउंने गरेको छ भने नेपालबाट चाइनिज स्याउ, गाजा निर्यात गर्न सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काले सहयोग गर्दै आएको श्रोत बताउँछन् ।

#पत्रकार दिनेश्वर गुप्ताको सहयोगमा 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस