• २०७५ पौष ४ गते, बुधबार
०५:३२ pm

जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार !


न्यूज ब्यूरो |
जनकपुरधाम, ३ साउन ।
प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधामको एक विद्यालयबाट विद्यार्थी बेपत्ता भएका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित रहेको मोनालिसा आवासीय बोर्डिँग स्कूलबाट बालक बेपत्ता भएको रहस्य बाहिर आएको छ ।

 

धनुषाधामन नगरपालिका वडा नं. ८ नौसयबिघा बस्ने जनिफ साफीका १२ बर्षिय छोरा अक्बर साफी स्कूलको होस्टलबाट हराएको २० दिन भइसक्दा पनि अत्तोपत्तो लाग्न सकेको छैन ।

जनिफको एकलौत्ता सन्तान रहेको अक्बर एक वर्षदेखि उक्त विद्यालयमा अध्ययनरत रहेको तथा होस्टेलमा बस्दै आएका थिए ।

 

अकबरका बुवा जनिफ साफी बैदेशिक रोजगारीको शिलशिलामा कत्तारमा रहदै आएका छन् भने घरमै बस्दै आएकी अकबरकी आमा जमिला खातुन छोरा हराएको खबरले अचेत छिन् ।

विद्यालयको होस्टेलबाट अकबर हराएको तीन दिन वितेपछि मात्र आफूलाई जानकारी गराएको अकबरकी आमा जमिलाले भनिन् ।

 

अकबरलाई खोज तलास गर्दै सबै आफन्त कहाँ समेत खोजिसकेको तथा खोजतलासीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत निवेदन दायर गरिएको जनाइएको छ । 

स्कूलका प्रिन्सीपल सुनिल पण्डितले भने होस्टेलबाटै बच्च कसरी गायब भएको थाहा नभएको र विद्यालयको टिमले समेत बच्चाको खोजीमा सक्रिय भएको दाबी गरे । 

 

बेपत्ता अकबरकी आमा जमिलाले भने विद्यालय प्रशासनले छोराको खोज तलासीको लागि कुनै चासो नदेखाएको आरोप लगाईन । 

 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले केही दिन अगाडी मात्र अकबरको अभिभावक तथा विद्यालयका प्रिन्सीपल सँग अकबरको बेपत्ता सम्बन्धमा कुरा भएको बताए । अकबरको बारेमा नत विद्यालय प्रशासन नत अविभावकले नै समेत प्रहरीलाई अवस्था बारे जानकारी गराएको छैनन् । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रदेश २ सहित अन्य ठाउँमा समेत नेपाल प्रहरीको सहयोगमा अकबरको खोजी कार्य तीव्र पारेको बताइएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस