अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र

२०७५ श्रावण ३ बिहीबार
बिहान ०९:५९ बजे
न्यूज ब्यूरो, डेस्क


बाबु प्रेम यदुवन्शी |
महोत्तरी, ३ साउन ।
प्रहरीले अनुसन्धानमा वेवास्ता गरेको र अपराधीलाई उम्काउन खोजेको आरोप लगाउदै  जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. ७ झिंगास्थानमा सयौ स्थानियले सडक जाम गरेका छन ।


गत असार ४ गते राती सोहि स्थानमा १५÷२० जनाको समुहमा आएको डाकाहरुले गरगहना र नगद लुटपाट गरि घरधनी रामजतन साह र उनकापरिवारका सदस्यहरुलाई समेत मरनासन्न हुने गरि कुटपिट गरेको तर प्रहरीले अझै सवै अपराधीहरुलाई समात्न नसकेको र समातेकोलाई समेत छोडदै गरेकोले न्याय माग्दै चक्का जाम गरेका छन ।


घटनामा संलग्न दुईजनाको पहिचान भएको र सो मध्ये एक बल्वा नगरपालिका वडा नं. ३ निवासी मुकेश साहलाई प्रहरीले हिरासतमै राखेपनि उसको अन्य साथीहरुको वारे खुलाउन नसकेको र समातिएका अर्का केहि व्यक्तिहरुलाई समात्दै छोडदै गएको तथा आफु पिडित पक्षहरुको वयानमा समेत विभिन्न वुंदाहरु छुटाएको पिडित साहको आरोप छ ।


यता घटनाकै दिन समेत गाउकै छेउमा भएको शसस्त्र प्रहरीको चेकपोष्टमा समेत डाँका परेको र बाचई दिन गुहार माग्न जाँदा हाम्रो ईलाका नभएकोले आफुहरु जान नसक्ने भन्दै जिम्मेवारीबाट पन्छिएको पिडितले आरोप लगाउदै दुखेसो पोखे । पिडित साहले घटनामा संलग्न सवै दोषीलाई समाती कार्यवाहीको दायरामा नल्याइएसम्म जाम नखोल्ने बताए ।  


आफ्नो हात खुटटा सवै भाचिएको अवस्थामा समेत दैनिक प्रहरीले दुख दिदा समेत पुगेर न्याय पाईन्छ कि भन्ने आशले जसो तसो कार्यालय पुग्ने गरेपनि न्याय पाउने आश नदेखेपछि घरकै सामने बाटो बन्द गरेको पिडित साह बताउछन ।

 


सयौ यात्री तथा सवारी साधनलाई सास्ती :

घटनामा दोषीलाई कार्यवाही गर भन्दै गरिएको सो जक्काजामले सयौ यात्रीलाई सास्ती भएको छ ।

जिल्लाकै दोस्रो मुख्य सडकको रुपमा रहेको जलेश्वर बर्दिवास सडक खण्डमा गरिएको चक्काजामले मोटरसाईकल समेत चल्न नदिएपछि यात्रीहरुलाई सास्ती भएको हो । 

सोहि सडकमा चल्ने बसहरु समेत टिकुलिया चोकसम्म आउन नसक्दा सयौ यात्रीहरु पैदल हिड्न वाध्य छन । सोहि सडक प्रयोग गरि दैनिक कार्यालय जाने कर्मचारी तथा आमनागरिकलाई समस्या परेको छ ।

 


हामी चुकेका छैनौ :

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख तथा प्रवक्ता डिएसपी खगेन्द्र वहादुर खडकाले घटनाको अनुसन्धानमा कुनै कमि नरहेको र पक्राउ परेकोसंग पनि प्रहरीले गम्भिरता पुर्वक अनुसन्धान गरिरहेको वताए ।


अपराधीले सवै तथ्य खोल्न कहिले काही समय लगाउने र अनुसन्धानको समेत विभिन्न पाटोहरु हुने गरेकोले दोषी उम्कन्छ भनेर पिडितले नसोचिदिन आग्रह गरे । उनले भने हामी अनुसन्धानमा चुकेका छैनौ ।

 


यस्तो थियो घटना :

गत असार ४ गते राती मनरा सिस्वा नगरपालिका वडा नं. ७ झिंगास्थान निवासी राम जतन सहनीको सोहि ठाउमा रहेको तिन वटा घरमा हतियारधारी अपरिचित व्यक्तिहरुले लुटपाट गरेका थिए । 


लुटपाटकै क्रममा राम जतन साहको हात र खुटटा भाचिदिएर उनलाई ज्यानले नै मार्ने प्रयास गर्दै उनकी श्रीमति,छोरी,आमा र वुवा तथा परिवारका अन्य सदस्यहरुलाई समेत अपराधीहरुले कुटपिट गरेका थिए ।


तत्कालै गाउको छेउमै रहेको शसस्त्र प्रहरी चेकपोष्टमा गुहार माग्न पुगेका गाउकै एक स्थानियलाई शसस्त्र प्रहरीको उक्त चेकपोष्टका सुरक्षाकर्मीले जान नमिल्ने बताएको पिडित पक्षको भनाई छ । 


यता अपराधीहरुले घटना घटाईसकेपछि पुगेको सुरक्षाकर्मीहरुले अपराधी खोज्न नसकेपनि पिडित पक्ष आफैले एकजनालाई चिन्दै किटानी जाहेरी नै दिएका थिए । जाहेरी पश्चात प्रहरीले आरोपी मुकेश साहलाई पक्राउ गरेपनि उनैले घटना घटाएको हो भनि अझै स्पस्ट हुन सकेको छैन ।


यता सोहि घटनामा संलग्न थप व्यक्तिहरुलाई प्रहरीले पक्रेपनि उनीहरुलाई पक्रदै र छोडदै गएको भनि पिडित पक्ष आक्रोशित हुदै चक्का जाम गरे ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ श्रावण ३ बिहीबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus